जन आकाश
काठमाण्डौं । २०७८ असोज ६ गते बुधबार । प्रगतिशील लेखक सङ्घको सत्तरीऔँ स्थापना दिवसमा कवि तिला लेकालीको अर्को कविताकृति “साझा आकाश” लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न सो कार्यक्रममा “त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ”, प्रलेसका अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको कविताकृति “झुल्के घाम” र प्रगतिशील लेखक सङ्घ १ नं। प्रदेश समितिका उपाध्यक्ष तिला लेकालीको अर्को कविताकृति “साझा आकाश” लोकार्पण गरिएको हो ।
प्रगतिशील लेखक सङ्घ, नेपालको सत्तरीऔँ स्थापना दिवस तथा प्रगतिशील लेखक सङ्घ प्रतिभा पुरस्कार९२०७८ अर्पण समारोह आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थको परिचर्चा तथा पुस्तक लोकार्पण कार्यक्रमसँगै सम्पन्न भएको छ ।
वरिष्ठ प्रगतिवादी साहित्यकार शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा९प्रतिष्ठानको लेखनाथ कक्षमा २०७८ असोज ५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा मन्तव्य राख्दै उहाँले कसैले आफूलाई प्रगतिशील घोषणा गरेर प्रगतिशील नहुने, बरु काम गरेपछि मात्र प्रगतिशील हुने बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले कुनै पनि वस्तु वा परिघटनालाई गहिरिएर हेर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘नहेरेर केही पनि देखिँदैन’ उहाँले भन्नुभयो९ ‘राम्ररी हेरेपछि मात्र वस्तु वा परिघटनाको वास्तविक रूप देख्न सकिन्छ ।’
उहाँले बाल साहित्यमा प्रगतिशील तत्त्व घुसाउनमा जोड दिनुपर्ने बताउनुभयो । सो क्रममा उहाँले बाल साहित्य आमाबाट सिक्नुपर्ने पनि बताउनुभयो । ‘बच्चाहरूले खाना खाएपछि भोक लाग्यो भन्छन् भने उनीहरू खानापछि थप चिज खुवाउनुपर्छ भन्ने बुझ्नुपर्छ’ साहित्यकार मानन्धरले भन्नुभयो– ‘जसरी आमाले बच्चाको भावना बुझ्छन्, त्यसरी नै प्रगतिशील साहित्यकारले बच्चाको भावना बुझ्नुपर्छ ।’
कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले नेपालका वामपन्थी पार्टीहरू नै चिरा चिरा भएको अवस्थामा प्रलेसले केही गरेन भनेर आलोचना गर्नुको अर्थ नभएको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले प्रगतिशील लेखक सङ्घले प्रगतिशील कलाकारहरूलाई छुटाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
प्रगतिवादी साहित्यकार शान्तदास मानन्धरले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रलेस प्रतिभा पुरस्कार९२०७८ पूर्व अध्यक्ष तथा सल्लाहकार मातृका पोखरेललाई प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि मानन्धरले दोसल्ला र दश हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।
समारोहमा नेपाल प्रज्ञा९प्रतिष्ठानका प्राज्ञ डा। हेमनाथ पौडेलले लोकार्पण गरिएका तीनओटै कृतिको सङ्क्षिप्त समीक्षा गर्नुभएको थियो । सो क्रममा उहाँले भन्नुभयो– ‘प्रलेसका पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन हुँदा घाटमा नपुग्ने र अभिनन्दन ग्रन्थमा मोहनविक्रम सिंह, मोहन वैद्यलगायत एकाध जनाले बाहेक रचना नदिएबाट उहाँलाई राजनीतिक दलहरूले मूल्याङ्कन नगरेको देखिन्छ ।’
कार्यक्रममा स्रष्टा तिला लेकालीले आफ्नो कविताकृतिबारे सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार शालिकराम तिमिल्सिना, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका खगेन्द्र राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा।जगत् उपाध्याय ‘प्रेक्षित’ ले पनि मन्तव्य राख्नुभएको थियो ।
पुरष्कृत प्रतिभाका बारेमा प्रलेसका उपमहासचिव तथा पुरस्कार चयन समितिका संयोजक आरसी न्यौपानेले पुरष्कृत प्रतिभाबारे मन्तव्य राख्नुभएपछि पुरस्कृत मातृका पोख्रेलले पनि सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्रलेस काठमाडौँकी कोषाध्यक्ष ऋतु केसीले “आखिर कहिलेसम्म रु” शीर्षकको कविता वाचन गर्नुभएको थियो । प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गोपीरमण उपाध्यायले र धन्यवाद मन्तव्य अर्का उपाध्यक्ष सुशीला प्रधानाङ्गले राख्नुभएको थियो ।
कार्यक्रममा माधव प्रधान नेतृत्वको जनसांस्कृतिक महासङ्घको टोलीले स्वागत गीत र “दुई हात मिलेपछि” शीर्षकको अर्को गीत प्रस्तुत गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend