logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नोकियाले टि २० सँग साझेदारी गरेको छ 


  • जन आकाश
  • शनिबार, असोज ९ २०७८

काठमाडौं । २०७८ –एचएमडी ग्लोबल, होम अफ नोकियाफोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।



उक्त प्रतियोगिताको चौथो संस्करण गतवर्ष हुने तय भएको थियो तर कोभिड १९ को महामारीका कारणले यो असोज ९ गते देखि असोज २३ सम्महुनेभएको छ। फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजत पत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरुलाई एक साथ ल्याउने र देशमा आफ्नो ब्रान्डको निर्माणको लागी मार्केटिंग पहलको लागी केके एक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ ।

एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रविकुँवर ले भन्नुभयो , “एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित छ । एचएमडी ग्लोबलमा हामी विश्वास गर्दर्छौं कि मोबाइल टेक्नोलोजीले विश्व भरिका सबै उपभोक्ताको दैनिक जीवनमा बृद्धि ल्याउन सक्दछ र क्रिकेट खेल नेपाली जनताको लागी एक जोश हो जसलाई हामी अझ सुलभ बनाइरहेका छौँ ं।”

विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका लागि एउटै टीममा एकजुट भएर खेल्नेछन् । प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीमहरु सहभागी हुनेछन् । खेलाडीहरुको सूचीमा शाहिद अफ्रिदी, र्यान पठान, ओशादा फर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु पनि परेका छन् ।

ईपीएल २०२१ असोज ९ गतेबाट सुरु हुँदैछ र केकेएक्सआइको पहिलो खेल ललितपुर प्याट्रियट्स सँंग उद्घाटनको दिनमा हुने तय भएको छ । सबै खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ ।

प्रतियोगिता नेपाल भरी हिमालय टिभी र विश्वका १५० भन्दा बढी देशहरुमा प्रसारित हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend