logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फोर्स मोटर्सले ल्यायो दशैमा १० को अफर


  • जन आकाश
  • शनिबार, असोज ९ २०७८

 



काठमाडौं । फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले दसैं तथा तिहारलाई लक्षित गरी छुट अफर ल्याएको छ । फोर्स मोटर्र्सले ‘फोर्स मोटर्स दसैं तिहारमा १० अफर’ ल्याएको हो ।

अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पाट्समा १० प्रतिशत छुट प्रदान गरिने महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुःल्क सर्भिसिङ सेवा, १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभटु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने हिमालय अग्रनाइजेशन तथा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष र्धुब थापाले जन आकाश मिडियासँग कुराकानी गर्ने क्रममा बताउनु भएको छ । उहाले आज नै अटो क्षेत्रको वारेमा समसामहिक बिषयमा कुराकानी गर्दै उक्त १० अफरको वारेमा पनि जानकारी दिनु भएको हो । फोर्स मोटर्सले अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको पनि उहाको भनाइ थियो ।

फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ । फोर्सको केन्द्रीय कार्यालय पोखरामा र शाखा कार्यालयहरु गैरीधाराचोक काठमाडौं, पोखराको चाउथे, हेटौंडा, इटहरि, चितवन, बिराटनगर, झापा र जनकपुरमा रहेका छन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend