logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रेनोको शुभ कार.–रम्भ अफर


  • जन आकाश
  • आइतबार, असोज १० २०७८

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना “रेनोशुभ कार.–रम्भ” को शुरुवात गरेको छ ।



ट्याग लाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजनादशैं–तिहार २०७८ को पावन अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको छ ।

रेनोगाडीको खरिदमा ग्राहकहरुले नगद रु ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुने योजना सार्वजानिक गरिएको एडभान्स अटोमोवाइल्स प्रा.लि.ले जनाएको छ ।

उसले भनेको छ आकर्षक अफर हरुग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने छन ्किनकि यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछ भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन् ।

यो उत्सवको मौसममा रेनो कारका खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्नुहुने छन् र सदा समृद्धिसँंग आफ्नो जीवन शैलीलाई सजाउन सक्नुहुने छन् ।

यो योजनारेनो डस्टर, रेनोकाइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने एडभान्स अटो प्रा.लिले जनाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend