जन आकाश
काठमाडौं । टाटा मोटर्सले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘शुभकामना सर्भिस क्याम्प’ योजना ल्याएको छ । यो योजना असोज ४ गते देखि असोज २० गतेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई लक्षित गरी सिप्रदीका ५२ वटा सर्भिस सेन्टरहरुमा एकैसाथ यो योजना सञ्चालित हुनेछन् ।
उक्त अवधिमा टाटा कमर्सियल गाडीका ग्राहकहरुले टाटा जेन्युइन स्पेयर पार्टसमा १० प्रतिशत, ब्रेक आइटममा १५ प्रतिशत, ल्युब्रिकेन्ट्समा १५ प्रतिशत छुट पाउने छन् । साथै अन्य ल्युब्रिकेन्ट्सहरुमा हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डीईएफमा २० प्रतिशत र एक्साइड ब्याट्रीमा २० प्रतिशत छुटको साथमा एक्सचेन्ज सुविधा शुभकामना सर्भिस क्याम्पको आकर्षण रहेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend