जन आकाश
काठमाडौ । स्वादे जिब्रे अल्छी तिघ्रे टेलिसिरियल चाँडै बजारमा आउने भएको छ । सामाजिक कथामा आधारित टेलिसिरियल छिट्टै आउन लागेको टेलिसिरियलका र्निदेशक राज तामाङले बताउनु भएको छ ।
नेपालमा २०७६ साल चैत्र ११ गतेवाट लकडाउन लागेपछि रुग्न बनेको फिल्म क्षेत्रलाई प्रभावित पारेको थियो । त्यसपछि राष्ट्रियस्तरका कलाकारसमेत बिकल्पको रुपमा टेलिसिरियल बनाएर आफ्नो कलालाई जीवीत राख्न प¥यासरत छन् ।
नयाँ प्रतिभाहरुले युटुव च्यानलहरुको प्रयोग गरेर आफ्नो उदाउदै गरेको कलालाई जीवन्त राखिरहेका छन् । भलै आम्दानीको खोजी गरेका छैनन् ।
तर स्वादे जिब्रे अल्छी तिघ्रे टेलिसिरियल त्योभन्दा फरक शैलीमा समाजमा भए गरेका घटना र नेपाली समाजमा समसामहिक बिषय वस्तुलाई समेटेर कलाकारहरु सँग भएको कला सीपलाई समाजप्रति समर्पित गर्न कलाकारहरु तयार भएको हुनाले यो टेलिसिरियल सयुक्त कलाकारहरुको प¥यासमा निर्माण भइरहेको र्निदेशक तामाङले बताउनु भयो ।
यस टेलिसिरियलको कथा जेएन घिमिरेले लेख्नु भएको हो । उहाको कथालाई निर्देशन राज तामाङले गर्नुभएको छ । साथै कलाकारहरुमा जेएन घिमिरे, मुस्कान घिमिरे, ज्याक गुरुङ, रेश्मा श्रेष्ठ, गोपाल अधिकारी, बिष्णु रोक्का, बिदुर पोखे्रल,शर्मिला बयलकोटी, अमित भट्टराई, अजिद छढुङगेल ,केशव छढुङगेल, अनिल महर्जन, सृर्जना गजमेयर, रहेकाछन् भने बाल कलाकारमा अनिम थापामगरले अभिनय गर्नुभएको छ । त्यसैगरी ए. आर. इन्टरटेन्टमेन्ट कला केन्द्रका अध्यक्ष समेत रहनु भएका रविन कपालीले खलनायको भुमिकाको नेतृत्व गर्नुभएको छ ।
उक्त टेलिसिरियलको छायाङकन रवि कोइरालाले गर्नु भएको छ । सह र्निदेशकमा पुनम तामाङले रहनु भएको छ । श्याम के.सी.ले व्यवस्थापन गर्नुभएको हो ।भिडियो सम्पादन प्रेम शर्मा पौडेलले गर्नु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend