logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लेन्ज र रेन्जका सवै प्रकारका गाडी हामीसँग उपलब्ध छनः सेल्स मेनेजर शाक्य


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

करुण शाक्य एस. आर. मेनेजर
सि.जी. अटोर्कप



नेपालमा निक्कै प्रतिष्ठित कम्पनीको रुपमा चिनिन्छ “सिजी गु्रप” यही ग्रुप अन्र्तगत रहेको सिजी अटोर्कपका एस. आर. मेनेजर करुण शाक्यसँग हामीले अटो क्षेत्रको विश्व बजार र नेपालको अवस्था के छ भनि साधेर उहासँग हाम्रो जन आकाश राष्ट्रिय साप्ताहिकले गरेको कुराकानी यस प्रकार छ ।
स्वागत यहाँलाई जन आकाश मिडियामा ।
धन्यवाद ।
विश्व बजार र नेपालको अटो बजारलाई कसरी लिनुहुन्छ ?
यो कुनैवेला विश्व बजारमा अटो भेइकलहरुलाई सौखिनको रुपमा अर्थात लक्जरीको रुपमा लिईन्थ्यो तर अचेल सुविधाको रुपमा मानिसहरुले लिने गरेका छन् हाल अटो भेइकल अनिवार्य एकठाउँवाट अर्कोठाउँमा जान नभइ नहुने साधन बनेको छ ।

देश विकास जति हुदै जान्छ अटोको माग पनि त्यतिकै मात्रमा बढ्दै जान्छ । तर पछिल्लो समयमा नेपालको सन्दर्भमा कोभिडको कारण अटो सेक्टर मात्र नभएर सवै क्षेत्रमा उत्तिक्कै मार परेको छ ।

अहिले बिस्तारै बजार सुस्ताउन थालेको छ । यसले आशा गर्ने ठाउँहरु बनाएको छ । त्यसकारण हामीले पनि नजिकिदै गरेको नेपालीहरुको महाँन चाड “दशै” सवैको खुशीको पर्व बनाउन सिजी अटोकर्पले स्कीमहरु चाँडै प्रस्तुत गर्दैछौ ।

नेपालमा यतिधेरै महँगो र्पदै गएको अटोमोवाईल्सका साधनहरु नेपालमा नै उधोग खोल्न कतिको सम्भावना छ ?

यहाँ एसेम्वलीहरु त शुरु भइसकेका छन् । हुनै नसक्ने भन्ने कुरा के नै हुन्छ र पोलेसी मेकरका कुराहरु कसरी बन्छ भन्ने कुरामा डिपेडिङ हुन्छ । स्टेबिलीटी पोलिसी भयो भने चै एसेम्वली उधोगहरु आउनु भनेको देशको लागि राम्रो हुन्छ । बिशेष गरेर सुजुकीले स्पेशल्ली मोर अफ स्पेशल्ली हामी के हेछौ भने सकेसम्म नेपालीहरुले सवारी साधनको प्रयोग गरुन, भनेर हामीले लेन्ज अनि रेन्जको कारहरु लिएर आएका छौ । अहिलेको अवस्थामा धेरै रेन्जका प्रडक्टहरु जस्तै स्मल रेन्ज देखि लिएर स्पेशल हाई स्केलका प्रोडक्टहरु पनि छ । डिफे्रन्ट कस्टमरहरुको डिमाण्डलाई मिट गर्न सक्ने हामीसँग पडक्ट रेन्ज चै छ । हामीसँग फीउ पडक्टहरु चै पाइपलाइनमा छन् ।

नेपालमा भेहिकलहरु मध्य चौधरी गू्रपले सेल्स गरिरहेका भेइकलहरु सस्तो पनि र धेरै पनि छन् भन्ने सुन्न आएको छ ? कुरा के हो ?
यो सत्य हो । हामी के र्गछौ भने सकेसम्म धेरै मानिसहरुले साधनको प्रयोग गरुण भन्ने चाहान्छौ माथि पनि उल्लेख गरिसके यो सुजुकीको नियम नै हो । नेपालको सन्दर्भमा पनि सुजुकीका प्रडक्टहरु धेरै भन्दा धेरै नेपालीहरुले प्रयोग गरिरहेका छन् । त्यसको अलवा डिफ्रेन्ट र रेन्जका कारहरु पनि लिएर आएका छौ । अहिलेको अवस्थासम्म सवसे धेरै रेन्ज अफ प्रडक्ट जुन चै स्मल प्राइज देखि लिएर हाई प्राइज सम्मका डिफ्रेन्ट कस्टमरहरुको डिमाण्डलाई मिट गर्न सक्ने भएको कारणले हाम्रो सुजुकीको धेरैभन्दा धेरै अटो बजारमा देखिएको हो । छ ।

सुजुकीको नयाँ नयाँ प्रडक्टहरुको वारेमा जानकारी दिनुस् न ?
प्रडक्टहरु पाइपलाइनमा राखेका छौ । ति प्रडक्टहरुको वारेमा हामी ति नेपाल आईसकेपछि जानकारी दिन्छौ ।
चौधरी गु्रपको उत्पादन, व्यापार कुनैपनि क्षेत्रमा बाँकी रहेको छैन तपाई अटो हेरिरहनु भएको छ । नेपालीहरुले अटो उधोग पनि नेपालमा

भए हुन्थ्यो भन्ने गर्छन त्यो योजना यो गु्रपले पुरा गर्न सक्छ ?
डेफेनेट्ली यसको भाइवरिटी अपसन वर्कआउट गदै छौ ।यसको अध्ययनमा छौ । यसलाई अध्ययन गरेर कोशिसको चरणमा जाने हाम्रो योजना रहेको छ । सम्भवत नेपालको गभरमेन्ट पोलिसी र हाम्रो अटो क्षेत्रले प्र¥यास गरेको बिषयसँग मीट भएमा नेपालीले आफ्नै देशमा देख्न चाहेको अटो उधोग पुरा पनि हुनसक्छ । सम्भावना छ ।

दशै प्लान र स्कीम माथि भन्नु भयो तर खुलाउनु भएन नी !
नेपालीहरुको महाँन चाड दशै हाम्रो ढोका मै छ । यो पर्वमा हर्ष र उल्लास दुवै हुन्छ । यो पर्वमा छुट्टै ईनर्जी हुने गर्छ । यही समयमा अर्थतन्त्र पनि अत्यन्तै चलायनमान हुन्छ । त्यही हिसावले डिमाण्ड पनि आउँछ । सप्लाई पनि हुन्छ । त्यसैलाई मध्यनजर गरेर दशैलाई छुट्टै धेरै आकर्षक, आकर्षण होस भनेर स्कीम ल्याइसकेका छौ । हाम्रो शोरुमहरुमा भिजिट गरेर फाईदा लिन, स्कीम लिन हाम्रा कस्टमरलाई अनुरोध गर्दछु ।

अन्तमा महत्वपुर्ण लागेका कुराहरु केही छन् ?
अटोमोवाइलको बिषयमा मेरो धारणा के छ भने हाल मानिसहरुमा आफ्नो भेहिकल हुनुपर्छ । निजी कार हुनुपर्छ भन्ने कुरा छदैछ । तर त्यसमा सुजुकीले के दिन्छ भने नेपाली आम्दानी सुहाउदो साथै माइलेज राम्रो दिने कन्फरटेवल आफ्नो गाडी मेन्टेन गर्न कसरी सजिलो बनाउन सकिन्छ । भनेर ध्यान दिइएको हुन्छ । हाम्रो धेरै ठाउँहरुमा सर्भिस सेन्टरहरु छन् । आजको दिनमा नेपालभरी ४८ वटा शोरुमहरु छन् । अझै बढ्ने वाला छ यो साल ।

पार्टस्को रुपमा पनि मिनिमम पाईजमा प्राप्त हुन्छ । गाडी किनिन्छ त्यो किनेको गाडीले लङट्रमसम्म कसरी कन्डिशनमा लान सकिन्छ त्यो महत्वपुर्ण हुन्छ । त्यो कस्टमरको इकोनोमीलाई पनि ध्यान दिएका हुन्छौ कस्टमरले विना झन्झट सजिलै आफ्नो क्षमताले गाडी मेन्टेन गर्न सकुन् भन्ने चाहना हन्छ नै । सुजुकीको यो मलाई महत्वपुर्ण लाग्ने कुरा हुन् । यो महत्वपुर्ण कुरालाई जन आकाश मिडियाले सुजुकीका ग्रहकहरुमा पुर्याउन सहयोग गरेकोमा धन्यवाद दिन चाहान्छु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend