logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निष्पक्ष निर्वाचन गराउनु मेरो दाइत्व होः अध्यक्ष दुलाल


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

कृष्ण प्रसाद दुलाल
अध्यक्ष
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल



स्वागत जन आकाश मिडियामा 
धन्यवाद
तपाई नाडाको अध्यक्ष भएको कार्यकालमा भएका प्रगतिको वारेमा बताइदिनुस न ?
समग्रमा नाडा एशोसिएसन अफ नेपाल भन्नाले यो यातायात क्षेत्रका व्यवसायीहरुको हकहित गर्नको लागि यो संस्था खोलिएको हो । यो संस्थाले देशभरी रहेका अटो व्यावसायीलाई प्रमोट गर्ने र सरकारलाई पनि राजश्व बुझाउने फेयर टे«ड गर्ने साथै व्यवसायी वातवरण मैत्री बनोस् भन्नका लागि हामीले काम गरिरहेका छौं ।

म अध्यक्ष भइसकेपछि देशभरीका सातवटै प्रदेशमा नाडाका सस्थागत सदस्यहरु बनाइ सकेको छौ । सातवटै प्रदेशका सदस्य मार्फत सातवटै प्रदेशमा त्यँहाको लोकल सरकारसँग काम गर्नेगरी त्यहाका यातायात कार्यलयसँग समन्वय गरेर काम गर्न सक्नेगरी नाडाका संस्थागत विकास गरेका छौ र त्यसले सवै अटो व्यावसायीहरुलाई फाईदा पुगेको हामीले महसुस गरेका छौ । देशभरी रहेका अटो क्षेत्रका व्यावसायीहरु सवै नाडामा आवद्ध हुन् भन्ने उदेश्य राखेर हामीले काम गरिरहेका छांै ।

अर्को तर्फ सरकारले गरिरहेको कतिपय कुराहरुमा सरकारसँगको समन्वमाः जस्तै भन्सार, करहरुमा तालमेल गर्नुपर्नेे क्षेत्रमा पनि नाडाले काम गरिरहेको छ । याहाहरुले पनि देख्नु भएकै छ । हामीले सरकारसँग कुराहरु राखिरहेका छौ । यसै बर्षको नयाँ बजेटमा पनि नाडाले दिएका सुझावहरु समेटेर आएको छ ।

भने त्यो बजेटलाई प्रतिस्थापन गर्ने गरी आएको परिवर्तित सरकारले पनि अटो क्षेत्रलाई प्रत्यक्ष फाईदा पुग्नेगरी कार्यक्रम ल्याएको छ । त्यसैले अटो क्षेत्रमा उधोगहरुको विकास हुने सम्भावना पनि बढेको छ ।

केही हाम्रा एक दुईवटा मागहरु मात्र सरकारसँग पुरा गराउन बाकी रहेका छन् । ति मागहरुको बारेमा पनि हामी निरन्तर छलफलमा नै छौ । यो लामो समयको कोभिडको समयमा पनि हाम्रो व्यावसाय राम्रो नै रहेको यहाहरुलाई जानकारी गराउन चाहान्छु ।

सरकारसँगले धेरै जति माग पुरा गरेको छ भन्नुभयो, बाँकी कहिले पुरा होला भन्ने विश्वास गर्नुहुन्छ ?
हामीले निरन्तरको प्र¥यासवाट नै यो सम्भव भएको हो । राजश्व, कर, भन्सार सवै क्षेत्रका साथीहरुसँग समन्वयकारी भुमिकामा हामी छौ । उँहाहरुले जसरी सकरात्मक रुपमा लिएर व्यसायीका समस्यालाई सहजीकरण गर्न भुमिका निर्वाह गनु भएको छ । त्यसैगरी बाँकी रहेका कामहरु पनि समन्वय र छलफलवाट नै पुरा गर्न सक्छौ भन्ने हाम्रो विश्वास रहेको छ ।

नाडाले व्यवसायी र सरकारसँगकोे पुलको रुपमा काम गरिरहेको छ । हामीले सडक र्दुघटना कम होस् भनेर सामाजिक काममा समेत ट्राफिक महाशाँखा सँग समन्वय गरेर जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएका छौ ।

कोभिड हुनुभन्दा अगाडि त कार्यक्रमहरु नै आयोजना गरेर सामाजिक उत्तरदायित्व बहन गदै आएका थियौ भने कोभिड पछिपनि प्रत्यक्ष सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई सेफ्टीका सामग्रीहरु जस्तैः माक्स, स्यानिटाईजर, हयान्ड वलोवस, ब्यानर, स्टीकर लगायत जनचेतना फैलाउने सामग्रीहरु समेत बितरण कार्यक्रम गरेका छौ ।

यो नाडाले गर्नुपर्ने दाइत्वभित्र पर्दथ्यो । ट्राफिक र नाडा मिलेर सडकमा दु्र्घटना कसरी कम गराउन सकिन्छ र जनचेतना अविबृद्धि कसरी गराउन सकिन्छ भनेर काम गरिराखेका छौ ।

नाडाले बर्षमा एउटा अटो शो गर्दै आएको थियो नगर्दा व्यवसायमा असर परयो की परेन ?
सम्पुर्ण ब्यवसाय क्षेत्रमा कोभिडको कारण समस्या परेको बेलामा अटो शो गर्न नपाउदा म त्यसलाई ठुलो समस्या म मान्दिनः हुन सकेत हामीले सरकारसँग माग पनि गरेका थियौ ।

उहाहरुले मान्नु भएन । सारधरणसभा त गर्न दिनुभएन । गर्न हुनुपनि हुदैनथ्यो स्वास्थको मापदण्ड पालना गरेर गर्छु भन्दा पनि पचासौ हजार भेला हुने ठाउँमा यो कोभिडको माहामारीमा गर्र्न हुदैनथ्यो । त्यो गरिएन पनि र त्यसले हामीलाई त्यति ठुलो असर त गरेको छैन । त्यो भनेको ब्रण्डिङ हो ।

त्यो गर्नुपर्छ त्यो हामीले जहिले पनि गदै आएका थियौ । सामान बेचेर मात्रै कमाउने भन्दापनि ब्रण्डिङ गरेर जन चेतना र मान्छेलाई यातायातको साधनको ज्ञान, ट्रफिक नियमको धेरै कुराहरु नाडा अटो शो नाडाले व्यवसाय मात्र भनेर मात्र गरेको हुदैँन ।

धेरै कुरा जोडिएको हुन्छ । त्यो कुरा गर्न नपाएकोमा हामी दुखी छौ तर व्यवसायमा त्यति ठुलो असर परेको छैन ।

अस्ति भरखरै केन्द्रीय समितिको बैठकले आउदो फागुन ९ गते देखि १४ गतेसम्म अटो शो गर्ने निर्णय भएको छ ।

नेपालमा अटो क्षेत्रमा ठुलो लगानी देखिन्छ । बिदेशी सामानहरु आयात गर्दा भन्सार, कर महँगो भो भनेर गुनासो गरेको सुनिन्छ । नेपालमा अटो उधोगको सम्भावना के छ ?
नेपालमा धेरै अटोका उधोगहरु खुलेका छन् । खुल्दै पनि छन् । यसमा दुईतीनवटा कुराहरु राख्नु पनि पर्छ । तपाइले राम्रो प्रश्न गर्नु भो । यहा लुब्रिकेट, टायर, ब्याट्री उधोग खुलिसकेका छन् । एसेम्बली पलान्ट पनि शुरु भइसकेका छन् ।

एसेम्बली, बजाज, यामाहा, होण्डाको टिभीएसको यहा एसम्बली उधोगहरु खुलीसके केही खुल्न लागेका छन् । केही उत्पादन पनि भईसकेका छन् । चार पाग्रेमा पनि एसम्वली शुरु भइसकेको छ ।

तर नेपालमा सरकारको उधोगलाई हेर्ने दृष्टिकोण वा समाजको दृष्टिकोण कस्तो कस्तो देशमा एउटा उधोग खोल्न लाग्यो त्यो उधोगलाई असहयोग गर्ने वातावरण जुन छ नीतिगत रुपमा एउटा अटो उधोग सिडी चढ्न थालेको देशमै केही गरु भन्ने उधोगहरुको बिरुद्धमा नराम्रो मिडियावाजी गर्ने नराम्रो समाचार लेख्ने गरेको पनि देख्ने गरेका छौ ।

यो कस्ले गर्छ सरकारको तर्फवाट हुन्छ या स्थाइ नीति ल्याइदैन । हरेक बर्षको बजेटमा फरक फरक भन्सार लाग्ने कुराहरु भन्सारका दर परिवर्तन हुने कुराः यस्ता कुराहरुले उधोग खोल्नलाई ठुलो लगानी गरेर उधोग खोल्नलाई गाह्रो हुन्छ ।त्यसले गर्दा कम्तीमा पनि १० बर्षको स्थाई नीति आवश्यक छ । यति भयो भने हामी उधोगमा लगानी गर्न उत्साहित भएर लाग्छौ । अहिले पनि हामी त्यति खुशी छैनौ ।

नेपालमा खोलेका दुइचार उधोगले हामी त नेपालमा सक्ने जति उधोग नेपालमा नै खोल्न चाहान्छौ नसक्ने एसेम्वल गरेर कार, जीप, ट्रक, बस समेत यँहा नै बनाउन सकिन्छ । सरकारले यहा बिजुली दिन्छौ । यँहा जग्गा उपलब्ध गराइदिन्छौ ।

बाटोको सुविधा पु¥याईन्छिौ भनेर स्थाई भन्सार नीति ल्याएर भरोसायोग्य वातावरण बनाउने हो भे हामी धेरैभन्दा धेरै राष्ट्रलाई योगदान पु¥याउन तयार छौ
मेरो पालामा भन्दा पनि यो भन्दा अगाडि पनि केही उधोग खुलेका थिए । मेरै पालामा पनि खुलेका छन् । यो भन्दा पछाडि पनि खुल्छन् भन्ने विश्वास दिलाउन चाहान्छु ।

तपाईको कार्यकाल निक्कै सक्रीय रुपमा नै बित्यो नाडामा महाधिवेशन पनि हुदँछ । नाडाको विकासका लागि कस्तो नेतृत्वको आशा राख्नु भएको छ ?
नाडा भनेको एउटा गरिमा बोकेको अटो व्यावसायीहरुको संस्था हो । म आफै पनि उधोग बाणिज्य महासंघको एशोसिएट्सको बस्तुगत सदस्य छुु । त्यँहा कुराकानी हुदा वा अन्य क्षेत्रमा पनि सवैले नाडाको अध्यक्ष भनेपछि छुट्टै खालको सम्मान दिने गरेका छन् ।
यो विगतमा पनि नाडाका स्थापनाकालका सस्थापक कार्यसमिति सदस्य, सदस्य ज्युहरुको र त्यो भन्दा पछाडिका कार्य समितिका सवै पदाधिकारीहरुको उत्तिक्कै योगदान रहेको छ । मेरो कार्यकालमा पनि मैले गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छु । माथि नै मैले भनिसके व्याक्ति भन्दा पनि सिस्टम महत्वपुर्ण कुरा हो । सिस्टममा गइसकेपछि नाडाको अझै बृद्धि विकासमा मेरो लामो समयको अटो क्षेत्रको अनुभव नाडालाई अध्यक्ष हुनुभन्दा अगाडि पनि सहयोग गरेको थिए । अध्यक्ष भएर पनि गरे भोलि जो नेर्तत्वमा आएपनि मेरो अनुभव नाडाको लागि सहयोग हुने छ ।

हाम्रो अधिवेशन पनि हुर्दैछ  । अधिवेशनमा नाडालाई सवै साथीहरुको सहमतिमा सर्वसहमत गराउने प्र¥यास गर्ने छौ । यदि भएन भने पनि स्वतन्त्र रुपमा निर्वाचन गाराउने प्रजातान्त्रिक अभ्यासमा निष्पक्ष निर्वाचन गराउन नाडाको भुमिका हुने छ ।
हामीले आइएस ओ लिएका छौ । हाम्रो संस्था कसरी चलाउने भनेर टे«नि लिएका छौ । दिएका छौ । व्यवसायका साथ समन्वय गदै हिड्ने वाटो तय गरिसकेका छौ त्यो वाटोमा कसरी हिड्ने भन्ने कुरा मात्रै हो ।

मलाई लाग्छ आउँदा दिनमा नाडाको भुमिका अझै बढेर जाने छ र व्यवसायको हकहितको लागि धेरै कामहरु हुनेछ । म त्यो विश्वास गर्छु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend