logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मेरो उम्मेद्धारी अध्यक्षमा हो, उपाध्यक्ष चौधरी


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

करण कुमार चौधरी
उपाध्यक्ष
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल



अहिले नेपालको अटोक्षेत्रको अवस्था कस्तो रहेको छ ?
अटोमोबाइल क्षेत्र कोभिड महामारीबाट नराम्रोसँग प्रभावित भएको थियो । तर नजिकै आएको नेपालीहरुको महान पर्वको अवसरमा बजार खुकुलो हुदै गएको छ । जसले व्यवसायी तथा ग्रहकहरुलाई आशा जगाएको माहोल पर्वोत्सव भएको छ ।

 चौधरी गु्रपको नेपालमा मात्र नभए अन्तरष्ट्रियस्तरमा ब्यापार गर्दै आउको छ नेपालमा पछिल्लो तयारी के छ ?
हाम्रो मुख्य फोकस हाम्रा नेपाली नागरिकहरुको जीविको पार्जनमा रहेको छ । यस समूह को मुख्य लक्ष्य प्रत्यक्ष र अप्रत्यक्ष नेपालमा धेरै भन्दा धेरै रोजगार सिर्जना गरौ भन्ने रहेको छ । हामी विश्वास गर्छौं कि हाम्रो लक्ष्य पुरा गर्दै समृद्धशाली नेपाल बनाउन भुमिका खेल्न सक्छौ ।

 

 तपाई नाडाको उपाध्यक्ष हुनुहुन्छ । आउदै गरेकोे अधिवेशनमा कुन पदको लागि तयारी छ ?
मेरो उम्मेदवारी नाडा को अध्यक्षमा हो ।

तपाइको एजेण्डा के छन् नाडाको अध्यक्ष हुनलाई ?
हामीलाई थाहा नै छ कि अटोमोबाइल राष्ट्रिय अर्थव्यवस्था मा सबैभन्दा ठूलो योगदान दिनसक्ने व्यवसाय हो । यस क्षेत्र को सहजता र सुधार को लागी म सम्बन्धित सरकारी क्षेत्रहरुसँग नजिकबाट काम गरीरहेको छु । सम्मानित अध्यक्ष श्री कृष्ण प्रसाद दुलाल को वर्तमान नेतृत्वमा नाडामा धेरै प्रभावकारी काम भएको छ । उहासँगसँगै मैले सवै प्रदेशहरुमा गएर सरोकारवालाहरु संग नजिकबाट काम गरीरहेको छु वर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलालले शुरु गर्नुभएको राम्रा कामहरुलाई पुर्ण कार्यान्वयन गर्नु मेरो मुख्य दाइत्व हुने छ । सथै व्यवसायीहरुको हितमा नीतिगत काम गर्नलाई प्रभावकारी बनाउने छु । नाडा अटोमोबाइललाई अझ सुदृढ बनाउन र देशभर मा अटोमोबाइल उद्यमीहरुको सुधारको लागी काम गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

नेपालका अटो उपभोत्तालाई के, कस्तो सुझाव दिन चाहानुहुन्छ ?
अटोमोबाइल एक ठूलो लगानी भएको क्षेत्र हो, यो विशेष गरी वर्तमानमा नभइनहुने साधनको रुपमा परिणत भएको छ । त्यसैले सहि सवारी साधन किन्न ग्रहकहरुमा मेरो सुझाव छ । त्यो सवारी साधन किनिसकेपछि त्यसको स्पेयर पार्टस, सजिलै प्राप्त हुन्छन कि हुदैनन् त्यो बिचार गरेर कार, जीप किन्यौ भने पछि समस्या आउदैनन् यस्तै सुझाव मेरो प्यारा ग्राहाकलाई दिन चाहान्छु ।

नेपालमा अटो प्लान्टको सम्भावना देख्नुहुन्छ ?
हो यो सम्भव छ, स्थाई करको नीति र लगानी मैत्री वातावरण आवश्यक छ । त्यो वातावरण सरकारपक्षवाट भयो भने सम्भव छ । अटो प्लान्टमा हामी लगानी र्गछौ ।

सिजी अटोर्कपले कति शोरुम पु¥याउने लक्ष्य राखेको छ ?
सुजुकीले सधैं ग्राहकको सन्तुष्टिमा विश्वास राख्दै आएको छ । त्यो विश्वासलाई कायम राख्न ग्राहकहरुको ढोकाको नजिकै उपलब्ध सेवाहरु पुगुन भनेर काम गरिरहेका छौ । त्यही उद्देश्यहरु राखेर शोरुमहरु देशका सवै क्षेत्रमा पु¥याई सकेका छौ । बाँकी रहेका क्षेत्रमा पनि यसै बर्ष पु¥याउने लक्ष्य छ ।

साथै हामी धेरै बिक्री र नेटवर्क भएको कम्पनी भनेर घमण्ड गर्ने गरेका छैनौ ग्राहाकको गुनासोलाई तुरुन्तै सेवा दिदै आएका छौ । त्यसैले सेवा बिस्तार गर्न लागेका हौ ।

२०७८ सालको महान चाड बिजया दशमी नजिकै छ तपाइका ग्राहाक,अटो व्यवसायी अन्य शुभचिन्तकलाई के भन्न चाहानुहुन्छ ?

दशैं, तिहार र छठको अवसरमा म सम्पूर्ण सिजी गु्रपमा आवद्ध सदस्यहरु नाडाका प्रतिनिधि व्यवसायीहरु साथीहरु तथा नेपाल र विदेशमा रहनुहुने सबै नेपालीहरुको सफलता, सुरक्षा र समृद्धिको कामना गर्दछु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend