logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मेरो अध्यक्षमा उम्मेद्धारी हो, पुर्व उपाध्यक्ष थापा


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

धु्रब थापा
पुर्व उपाध्यक्ष
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल



अहिले अटो क्षेत्रको अवस्था कस्तो छ बताइदिनुस न ?
अहिले अटो क्षेत्रमात्र होइन हरेक क्षेत्र डामाडोल अवस्थामा भएको स्थिति थियो कोभिडका कारण अहिले विस्तारै २÷३ महिना अगाडी देखि सहज हुदै गएको छ । समग्रमा हेर्दा चै राम्रै छ तत्कालिन अवस्थामा ।

तपाई नाडाको उपाध्यक्ष पनि भइसक्नु भएको र हाल कार्यसमिति सदस्य हुनुहुन्छ अहिले कसरी हेरिराख्नु भएको छ ?
अघिल्लो पटक म उपाध्यक्ष रहेको थिए भने हाल कार्यसमितिमा छु । नाडामा रहेर मैले अटो व्यवसायीहरुको हकहितको लागि काम गदै आएको छु । बिशेष गरेर मेरो प्रथामिकता साना अटो व्यसायीहरुको पनि नाडामा प्रतिनिधित्व हुनुपर्छ भन्ने हो त्यो योजनाहरु विगतदेखि नै मैले उठाउदै आएको छु । त्यसकारण यो पटक म नाडाको अध्यक्षमा उम्मेद्धारी दिने छु । नाडामा यो चार पाँच बर्ष अगाडी देखि र्कपोरेट हाउसका व्यवसायीहरु प्रतिको झुकाव र र्कर्पोरेट हाउसकाले नै नाडामा प्रतिनिधित्व गर्नुपर्छ जस्तो गरी काम भइराखेका छन् । जसले धेरै भन्दा धेरै साना लगानीका अटो व्यवसायीहरु पनि सदस्य भएको नाडामा साना व्यावसायीको मुद्दा सुनुवाई हुने गरेको छैन । त्यो साना अटो व्यसायीको प्रतिनिधित्व नाडामा नभएर हो । त्यसैले साना अटो व्यवसायीहरुले नाडामा प्रतिनिधित्व खोजेका छन् । त्यसैले मैले साना व्यवासायीहरुको प्रतिनिधित्व हुनेगरी उम्मेद्धारी दिन निश्चित गरेको हो ।

अध्यक्षमा तपाईले उम्मेद्धारी दिने तयारी गरीसक्नु भएकै हो ?
हो । हो मैले माथि पनि भने त । मेरो यो भन्दा अगाडी नै उपाध्यक्ष भएर कार्याकाल सगालिसकेको थिए । त्यसपछि अध्यक्षमा उम्मेद्धारी दिने तयारी पनि गरेको थिए, साथीहरुले मिलेर जाऔ भनेको हुनाले साथीभाइको सल्लाहमा अध्यक्ष छोडेको हो ।

यस पटक अर्को साथी पन उम्मेद्धार देखिनु भएको छ । जुनसुकै हालतमा पनि साना व्यवसायीको प्रतिनिधित्व गर्नलाई साना व्यवासायीहरुको सल्लाहमा मैले अध्यक्षमा उम्मेद्धारी दिन लागेको छु ।

निर्वाचनमा नगएर सर्वसहमतिम कार्यसमिति चयन गर्ने कुरा पनि आएको छ त्यसमा तपाईको धारणा के छ ?
सवै व्यवसायीहरुको प्रतिनिधित्व हुनेगरी सर्वमान्य नेतृत्व आएमा राम्रो कुरा हो । सल्लाहहरु हुदैछन् । अहिले नै यसै हुन्छ भन्न सकिन्न ।
व्यवसायतिरै फकौ तपाइले नेपालमा कस्ता साधनहरु मगाएर बेच्दै हुनुहुन्छ बताइदिनुस न ?
फोर्स मोटर नेपालमा हामीले बेच्दै आएका छौ । पहिला पहिला मानिसहरुलाई बुझाउन अलि गारो परेको थियो पछि जर्मनको मर्सीटिज कम्पनीको भन्ने कुराहरु आएपछि र नेपालको बाटोहरुमा पावर चाहिने ति सवै लक्षणयुक्त फोर्सका गाडीहरु जस्तै बस, मिनी टाटा, जीप, भ्यान, हामीले बेच्दै आएका छौ । यो अन्य गाडीहरु भन्दा बलियो हुने भएको हुनाले नेपाली ग्राहाकहरुले रुचाउदै आएका छन् बजारमा माग पनि बढ्दो छ । त्यसकारण हामी सन्तुष्ट छौ ।

अहिले पर इयर कतिजति सेल्स गर्नुहुन्छ ?
हामीले साना ठुला गरेर ४ सय देखि ५ सयको हाराहारीमा सेल्स गदै आएका छौ ।

मोफशल र काठमाडौं केन्द्रीत व्यवसायको भिन्नता के हो भन्दिनुस न तपाइको अनुभवमा ?
पोखरामै व्यवसाय भएका साथीहरु पनि काठमाडौमा आएर व्यवसाय गर्नुभएको छ । मैले चै मोफसल , पोखरालाई नै किन रोजे भने मेरो जन्म नै कास्की जिल्लामा भएको हो । कास्कीको पोखरा म त्याहाँको बासिन्दा पनि हो । पोखरा प्रतिको बढी माया पनि भयो ।

मलाई काठमाडौ आएर व्यवसाय गर्न धेरै अपरचुनिटीहरु थिए । हुनत मेरो यहाँ काठमाडौमा पनि शाखा कार्यालय छ । तर पनि मेरो कर्पोरेट अफिस पोखरामै छ । मैले एजाहोल नेपाल अधिराज्य भरीको कार्यालयहरुलाई पोखरावाट नै हयाडलिङ गरिराखेको छु । पोखरामै स्थापित भइसकेपछि पोखरामै थप विकास गरौ रोजगार सृर्जना गरौ भन्ने सोच मेरो हो ।

दशैको अवसरमा फोर्स गाडीका ग्राहाकहरुलाई ल्याएको अफरको वारेमा बताइदिनुस न ?
फोर्स मोटर्र्सले ‘फोर्स मोटर्स दसैं तिहारमा १० अफर’ ल्याएको छ । यो अफर सवैभन्दा राम्रो आकर्षक अफर पनि हो । अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पाट्समा १० प्रतिशत छुट प्रदान गरिने १० पटकसम्म निःशुःल्क सर्भिसिङ सेवा, १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ टु मोडलको स्मार्ट फोन उपहार प्रदान सुविधाहरु हुन् । यो सवैभन्दा फोर्सले दिन लागेको ठुलो अफर हो । यस अफरको फाईदा उठाउन पनि हाम्रा ग्राहाकहरुलाई आग्रह गर्दछु ।

नजिकिदै गरेको बिजया दशमीको अवसरमा केही भन्न चाहानुहुन्छ की ?
नेपालीहरुको महान चाँड बिजया दशमीको अवसरमा सवै देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा शुभकामना व्याक्त गर्दछु । यो बर्षको पर्वलाई सकेसम्म सामाजिक मापदण्ड पुरा गरेर मनाऔ संक्रमणकालीन अवस्था भएको हुनाले मितव्यायी अपनाएर मनाऔ भन्न चाहान्छु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend