logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रिकन्डिशन व्यवसायमा पनि राम्रै छ


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

प्रकाश खडकी
सञ्चालक
केएन स्कुटी हाउसका



अहिले पछिल्लो रिकन्डिशन ब्यवसायको अवस्था कस्तो छ ?
अहिलेको अवस्थामा रिकन्डिशन मात्र होइन अन्य बिजनेसहरु पनि डामाडोल नै छ । त्यसमा रिकन्डिशन हाउस पनि नराम्ररी प्रभावित भएको छ । सवैभन्दा मार हामीलाई परेको छ । अरु चीज जस्तो यो अटो क्षेत्र होइन । खाद्यन्न जस्तो आजको आज नभइ नहुने होइन पैशा सवैकुरामा खर्च गरेर बचेमा मात्र मानिसहरु बाइकहरु किन्न आउने हुन् ।

तपाइको शोरुमलाई पनि असर गरेकै हो ?
गर्यो त खतमै बनायो नि ! सेल्सको हिसाबमा लकडाउन भन्दा अगडिको तुलनामा ७५ प्रतिशतले नै घटेको छ । तर अहिले बिस्तारै बजार खुल्न थालेको र दशैको नजिक भएको हुनाले अलि अलि आश लाग्दै गएको छ । जीवनमा सवैभन्दा ठलो कुरा आशा नै त हो ।

रिकन्डिशन हाउसहरुमध्य केएन स्कुटी हाउसको सेल्स राम्रो छ भन्छन् त ? कुरा सत्य हो ?
भन्नत भन्छन् पहिला त हो निक्कै सेल गरिन्थ्यो अहिले त प्रतिस्पर्धा पनि धेरै छ । सवै एकसय एक छन् । ग्रहक पनि बढेका छन् । पसल पनि बढेका छन् । बजार बिस्तार भएकोमा म खुशी नै छु । कोभिड भन्दा अगाडि त ति साथीहरुले भनेको ठिक्कै हो । सेल्स राम्रै थियो । अहिले पछि त्यस्तो छैन । मानिसहरु अहिले पनि पसलमा आउन डराउछन् । कतिपयले कोभिड पछि सम्पर्कमा रहेकाहरुले घरघरमा फोन गरेर अडर गरेका थिए । हामीले वहाँहरुको घरमा पनि पुर्याएर बिक्री गर्यौ तर परिस्थितिले नै सेल्स घटाएको हो । मेन कोभिड नै हो ।

कोभिडको बेला त झन बाइक, स्कुटीको माग बढ्नु पर्ने होइन ?
कतिपय मानिसहरुको आफन्तलाई कोभिड भयो भने त हस्पिटल लान बाध्य भएर बाईक, स्कुटी किन्नु नै पर्यो भनेर रहरले किन्न चै पैशाको अभाव भइरहेको बेलामा मानिसहरु आउदैनन् । सयमा एक दुई प्रतिशत मात्र हो । हन्डे«डमा एक दुई प्रतिशत काम भएर के नै हुन्छ र ?
यो नजिकिदै गएको विजया दशमीको अवसरमा तपाईका ग्रहकलाई के भन्न चाहानुहुन्छ ?
मेरा सवै ग्राहाक मानुभावहरुलाई बिजया दशमीको शुभकामना उहाहरुको जीवनमा राम्रो खुशीको दिनहरु आउन् । अर्को हामीले हाम्रो शोरुममा बाइक किन्ने ग्रहकहरुलाई एउटा हेलमेट फ्री गरिदिएका छौ। भने बर्षको पाँच पटक सर्भिस फ्री दिएका छौ दशैंको अफरमा, हामीकाहा आएपछि हामी तपाईहरुलाई बाईक सर्भिसिङ गरेर मेकानिकल चेक गरेर मात्र पठाउने गरेका छौ । ढुक्क भएर आउनुस् । ढुक्क भएर बाइक किनेर चढेर जानुस् भन्न चाहान्छु ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend