logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

२४ हजारमा नै बाइक पाइने ठाउँको नालीबेली


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

ललितपुरको नख्खु चोकैमा रहेको पोदार अटो प्रा.लि.ले ग्रहकहरुलाई धेरै प्रकारका रिकन्डिशनका बाइक देखि प्राडो सम्म बिक्री गदै आएको छ । आफ्नै शोरुम पार्टस्, सर्भिसिङ, मेकानिकल भएको त्यहाका सञ्चालक अमर पोदार बताउँछन् ।



उनको शोरुममा दैनिक १० कामदारले काम गरिरहेका छन् । यो प्रगति त्यतिकै भएको भने होइन झण्डै २२ बर्ष अगाडि काम शुरु गर्दा बाइक कम्पनीहरुले विश्वास समेत गर्दैनन् थिए ।

सामान हाल्नलाई त्यति ठुलो लगानी पनि थिएन उनि सुनाउछन् । तर कडा मेहनत गरेर आफै पनि काम गर्दै ग्रहकहरुको मन जित्दै गइयो अनि बिस्तारै व्यापार पनि बढ्न थाल्यो बाइक कम्पनीहरुले विश्वास गर्न थाले उनको भनाई अनुसार हामी त्यँहा पुग्दा स्टक बाइक मात्रै १५० भन्दा बढी थिए । भने तत्कालको तत्कालै खरिद बिक्री हुने संख्या पनि उत्तिक्कै देखिन्थ्यो । सर्भिसिङ गर्ने मिस्त्रीहरुलाई काम भ्याइनभ्याई थियो ।

उनको आफ्नै हेलमेट शोरुम, टायर, स्पायर, लगायत व्यास्थित राखेका थिए । भने उनि आफै व्यापारमा व्यस्त थिए । त्यो व्यस्तताका बीच पनि उनले हामीलाई केही समय छुट्याएर आफ्नो विगतको व्यवसाय र अहिलेको अवस्थाको जानकारी गराएका थिए ।

उनलाई लकडाउनमा बंैकले, घरवेटीले, कुनै कसैले पनि छुट नदिएको बिषयमा मज्जाले नै खुलेर कुरा गरे भने कर्मचारीको तलव भने लकडाउनको बेला पनि दिएको भनि हामीलाई बताए ।

उनको शोरुममा दैनिक मानिसहरुको भिड हुने गरेको छ । कारण उनको शोरुममा आउने कुनैपनि ग्रहक फर्किनु परेको छैन । भन्छन् । त्यो हुुनुको कारण सामान्य मानिसले पनि बाइक किन्न सक्छन् उनको शोरुममा २४ हजारमा देखि बाइक पाइन्छ । जुन मज्जाले काम दिन्छ । भने रिकन्डिशनका गाडिहरु ३ लाखदेखि माथिका पनि त्यही पाइने भनेर हामीलाई भेटमा सुनाए ।

नेपालमा मानिसहरुको जीवनस्तरमा सुधार आएका कारण दिनानु दिन अटो व्यवसाय पनि फस्टाएको छ । तर लकडाउनले पारेको असर पुर्ति गर्न टाइम लाग्ने बताउछन् ।

उनले अन्तमा आफ्नो शोरुममा आउन पनि ग्राहाकहरुलाई आग्रह गरेका छन् । शोरुममा आई बिभिन्न मोडलका मोटरसाइकल, गाडी, लगायत चेकजाच गरेर आफ्नै बजेट अनुसार किन्न पनि अनुरोध गरेका छन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend