जन आकाश
दुर्गा अधिकारी (भमरकोटे )
शुभकामना
छट दशै तिहार
पर्व माहान ।
छौ नि छनता
रक्षा गर माताले
हामी जनता ।
रक्षा गरन
नव दुर्गा भवानी
तिम्रो शरण ।
हाम्रो संस्कृति
चाडपर्व मनाउ
फालौं विकृति ।
नाचौ गाएर
तास जुवा नखेलौं
रक्सी खाएर ।
कौडी ठेलेर
हुन्न तिम्रो भलाइ
जुवा खेलेर ।
पिङ सरर
आकाशमा उडाउ
चङ्गा फरर ।
देवी कालीका
माता पिता ईश्वर
हाम्रा मालिक ।
टीका लाउला
मुल घर गएर
मिठो खाउला ।
दशै तिहार
शुभ रहोस् सबैको
घर सिँगार ।
शुभकामना
पैलो दिन चाडको
घटस्थापना ।
भोटो कछाड
सबैका घरमा छ
तंछाड्मछाड ।
बाबा आमाको
ससुराली जानुछ
टीका मामाको ।
किन आएन
भाइ परदेशमा
विदा पाएन ।
ठूलो जहान
कसोगरी टार्ने हो
पर्व महान ।
नानी भन्दैछन्
चिची पापा नानामा
अौंला गन्दैछन् ।
सधै लफडा
एक धरो लाउन
छैन कपडा ।
पैसा भए पो
मासु खाने कसरी
पन्ध्र सयको ।
दशै दशा भो
पन्ध्र सय किलोको
मासु खसीको ।
साहु पसले
पाइदैन उधारो
दिन्छ कसले ।
हुँदा दशै हो
नहुनेको घरमा
ठूलो दशा भो ।
साथीभाइले
रमाइलो दशैमा
गर्नुपर्छ रे ।
लत्ताकपडा
छोराछोरी करौंदै
गर्छन् झगडा ।
हान्छ कोर्राले
टि सर्ट र पाइन्ट
भन्छ छोराले ।
खान आँ गर
छोरी भन्छे घाँगर
छैन जाँगर ।
मेरो यो गति
दशैमा केही गर्नुस्
भन्छिन् श्रीमती ।
चुरा हरिया
ल्याइ दिनु बुढाले
चोलो फरिया ।
जातै फालेर
लाउँदैछु फरिया
सधै टालेर ।
मिल्दैन कि खै
गुन्यु चोली दशैमा
ल्याइदिनुस् है ।
मैले के गरौँ
यसपालि दशैमा
बाँचौ कि मरौं ।
छैन सम्पत्ति
चाडपर्व आउदा
सधैं बिपत्ति ।
दिनुस् सिरौंला
काँक्रा फर्सी घिरौंला
पैंचो तिरौंला ।
खल्ती सुकाए
आडम्बरी पर्वले
ऋण बोकाए ।
रोग सर्छ कि
यै निहुँमा यो पल्ट
दशै टर्छ कि ।
कुरा नढाँटौ
खुसियाली बाँडौ है
रोग नसाटौं ।
दशै भन्दामा
कोरोनाको फन्दामा
फेरि बन्दमा ।
भय रोगको
धन्यवाद कोरोना
तेरो क्षय हो ।
थेगौं संस्कृति
परंपरा नछोडौं
फालौं विकृति ।
टीका जमरा
यसपालि चाडमा
लाग्यो धमिरा ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend