logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हाम्रो बुबाहरुको योगदानले व्यापार गर्न सजिलो भएको छ ः आकाश गोल्छा


  • जन आकाश
  • बिहिबार, असोज १४ २०७८

 



आकाश गोल्छा
उपाध्यक्ष
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल

गोल्छा गु्रप नेपालको उधोग, व्यापारको क्षेत्रमा निक्कै नाम चलेको र हजारौको संख्यामा नेपालीहरुलाई रोजगार दिइरहेको व्यापारीक घरानाहरुको समुह हो । जसले अटोमोवाईल क्षेत्रमा पनि काम गरिरहेको छ । त्यसैमध्यका रामलाल गोल्छाका नाती आकाश गोल्छासँग हामीले अटो क्षेत्रसँग सम्बन्धित र त्यस गु्रपसँगका केही नखुलेका तर महत्वपुर्ण कुराहरु यँहा पस्केका छौ ।
स्वागत छ जन आकाश मिडियामा ।
धन्यवाद ।
अटो क्षेत्रको अवस्था कस्तो छ अहिले ?
बजारको निरन्तरमा समस्या आएको छ । भन्नुको अर्थ बजारमा ग्रहकहरुको माग बढीरहेको छ । गडीहरु बिक्री पनि भइराखेका छन् । तर गाडिहरुको प्रडक्शन घटेको छ । हामीले बेच्दै आएको फ्याक्ट्री केही समय बन्द भएको थियो त्यसको असर अहिलेसम्म हामीलाई परिरहेको छ ।

ब्यापार घटेको छैन भन्ने भनाई अटो व्यवसायीहरुले भनिरहेका छन् कुरा के हो ?

ब्यापार घटेको छैन । तर व्यवसायीहरुले चाहेको जति चार पाग्रे गाडिहरु पाएका छैनन् । चाहेको जति पाएको भए अझ राम्रो हुन्थ्यो । किनभने कोभिडको बेला बिक्री रोकिएको समयका गाडिहरु अहिले थपीयर एकैपटक बिक्री हुन लागेका छन् ग्रहकहरु किन्न रेडी छन् । त्यसैले माग अनुसार गाडी आएका छैनन् । तपाइले भनेको कुरा ठिक हो अटो क्षेत्रमा व्यापार घटेको छैन । समयमा गाडि दिन नसकिएलाकी भन्ने हाम्रो चिन्ता हो । सवै गाडीहरु बिदेशवाट ल्याउने हो कारखानामा उत्पादन घटेको हुनाले यँहा पनि थोरै पठाउने गरेका छन् ।तपाई गोल्छा अग्रनाइजेशन अन्र्तगतको एउटा सदस्य पनि हुनुहुन्छ टु हुइलर्स बजाजको त नेपालमा एसेम्वली शुरु भएको छ ।

त्यस्तै फोर हुइलर्सको वारेमा एसेम्वल वा गाडी नै उत्पादन गर्ने पलान्टको लागि केही सोच्नु भएको छ ?
सरकारले अहिले नेपालमा उद्योग कलकारखाना खोल्नलाई अकर्षण कार्यक्रम ल्याएको छ । त्यसमा हाम्रो समर्थन रहेको छ । डिउटीमा फुल समय लाग्छ । सर्पोट अहिले एकतिर मात्र छ । जसले गर्दाखेरी त्यति धेरै कमै कम्पनीहरुले मात्र सम्भव होला एसेम्वल गर्नलाई । धेरै गाडी बेच्ने ठुला कम्पनीहरुलाई सम्भव हुन्छ । पाँच सय हजार कुनै कम्पनीले गाडी बेच्छ भने सवै मोडल याहा बनाउन सकिदैन । कुनै मोडल मात्र याहा बनाएर सम्भव हुदैन । त्यसैले एभाइलेवल देख्दिन ।

तपाई नाडाको उपाध्यक्ष पनि हुनुहुन्छ आउदो अधिवेशनमा अध्यक्षमा जाने तयारी हो ?

मेरो अध्यक्षमा अझै एक दुई कार्यकाल नजाने सोच छ । अध्यक्ष हुने कुनै तयारी गरेको छैन । सकभर हाम्रो नाडाको अधिवेशनमा सर्वसहमतिमै टुङग्याउने तयारी छ । सायद निर्वाचन नै हुदैन होला ।

निर्वाचन भयो भने कुन पदमा जाने तयारी गर्नुभएको छ ?

साथीहरुको सल्लाह र टिमले जुन पोष्ट दिन्छ त्यही पोष्टमा जान्छु ।

नेपालमा हुलासचन्द गोल्छा नामले नेपालमा प्रख्यात छ । तपाई यो सिटवाट भन्नुस की नेपाल र नेपालीहरुमा तपाईहरुको योगदान के छ ?

हुलासचन्द गोल्छा मेरो हजुरबुवाको भाई हुनुहुन्थ्यो, रामलाल गोल्छा हाम्रो फाउण्डर हुनुहुन्थ्यो उहाँले व्यापार, व्यवसाय शुरु गरेदेखि व्यवसायवाट पनि योगदान पुगेको नै थियो । त्यसपछि पनि त्यतिवेलाको आँखा अस्पताललाई सहयोग गर्ने कुराहरु थिए । त्यो गरेका थियौ । १९९० को भुकम्पको वेला पनि निक्कै सहयोग हाम्रा हजुरबुवा बुवाहरुले गर्नुभएको थियो । यो एउटा पक्ष भयो ।

अर्को पक्ष मेरो हजुर बुवाले नेपालमा काम शुरु गर्दाखेरी नेपालमा औद्योगिकरणको राम्रो विकास भएको थिएन । त्यस्तो समयमा अफैले विदेशी इन्भेष्टरहरु ल्याएर काम गर्नु भएको थियो नेपालमा त्यतिवेला एक्सपोर्ट इमपोर्ट व्यवस्थित थिएन । जुन बेलामा हामीले इरोपमा जुट एक्पोर्ट गथ्यौ त्यो वेलामा राम्रो एक्सपोर्ट गर्न थालिसकेका थियौ । त्यो वेलामा नेपालमा इन्सुरेन्स कम्पनी पनि थिएन । विदेशमा एक्पोर्ट गर्न इन्सुरेन्स कम्पनी चाहिन्छ । नेशनल लार्ईफ इन्सुरेन्स कम्पनी इन्डियाले हाम्रो अफिसमा टेवल राखेर पोलिसी बनाइदिन्थ्यो शुरुवातमा त्यसरी सामान मगाउने पठाउने काम भएको थियो शुरुका दिनमा हुलास मेटल भनेर हाम्रो कम्पनीले भाडा बनाउथ्यो त्यही अनुसारले एक्सपोर्ट गर्ने कोटा पाएका थियौ । भारतमा भाडा उत्पादन कम भएको वेलामा हाम्रो कोटा सिस्टमवाट भाडा पठाउथ्योै सो त्यस्तो हिस्ट्री छ । मेरो हजुरबुवा बुवाको हिस्ट्री । त्यस्तो मैले गर्न सकेको छैन । मेरो तर्फवाट पनि समय आएपछि थप प्र¥यास हुनेछ ।

त्यतिवेला बुवा हजुरबुवाले त्यस्तो कठिन अवस्थामा पनि मेहेनत गरेर नाम, दाम दुवै कमाउन सफल हुनुभयो अहिले तपाइहरुको पुस्तामा त्यस्तै मेहेनत छ की छैन कस्तो लाग्छ ?

दुईवटा पाटो हुन्छ । हाम्रो परिवारमा कतिपय भिजिनरीहरु पनि छन् । भिजनरी सवैको भएपनि पाचै औला एकै हुदैनन् । ट्राई पनि गरिराखेको छौ । सफलता कसैले चाडै पाउछन् । कसैले पाउदैनन् । यो चै पक्का हो त्यो पीडिमा जे काम भएको थियो मेरो भन्दा माथिको पिडीमा डेफीनेट्ली हामी त्यो तुलनामा छैनौ ।

तपाईको हजुरबुवा÷बुवा थोरै संख्यामा औलामा गन्न सकिन्थ्यो व्यापारिक क्षेत्रमा अहिले त तपाइहरु छोरा, नाता, नातिनी थुप्रै हुनुहुन्छ । कस्तो फीलिङ हुने गर्छ यतिवेला !

उहाहरुको योगदानवाट पाएको एउटा गुड ट्रस्ट जस्तो कि स्पेशल्ली हाम्रो परिवार कसैलाई भेट्न जादाखेरी हामी आफैलाई कतिले भेट्न पनि मान्दैनन् । नेपालमा मात्र नभएर विदेशमा समेत हजुरबुवको नामले बुवाको नामले भेट्छन पनि र बेटर टिटमेन्ट पनि दिन्छन् सो त्यसले गर्दा धेरै फरक पर्छ कसैसँग अपोइन्टमेन्ट लिन होस् विदेशमा हामीलाई अर्को तरिकाले पनि चिन्ने गर्छन । नेपालमा जैन मन्दिर नै थिएन । हामी जैन धर्म मान्छौ । जैन मन्दिर हाम्रो घरमा थियो । अहिले त ज्ञानेश्वरमा मन्दिर बनेको छ । त्योभन्दा अगाडिको कुरा हो । त्यतिवेलाका कतिपय मानिसहरु आचेल भेटदा ए म पनि आएको थिए तपाइको घरमा भन्नुहुन्छ । एउटा त्यस्तो छ भने कुनैवेला कुन कम्पनीमा काम गरेको होला कहिले कुन कम्पनीमा पुगेका होलान् । उनिहरुले पनि हाम्रो बारेमा सुनेको भेटेको कुरा गर्छन । उहाहरुले जे काम गर्नुभयो कुइक स्टाट हेल्फ डेफेनेट्ली हुन्छ ।

तपाइहरुको पुस्ताहरुले कति लामो सोच राखेर काम गर्नुभएको रहेछ । देशलाई योगदान पनि छ । नेपालमा ठुला स्केलका उद्योग खोलेनन् भनेर मानिसहरु भन्छन ठुलो स्केलको उद्योग खोलेर यतिधेरै मानिसहरुलाई रोजगार दिनपाए हुन्थ्यो जस्तो लाग्ने गर्छकी गदैन ?

हाम्रो परिवारमा ठुला उद्योगहरु छन् । एउटा रोजगारमा ठुलो हुन्छ । एउटा क्यापालेवलमा ठुलो हुन्छ । रोजगारमा ठुलोमा जुन जुटमिल थियो । आजपनि मेरो काका राजकुमार गोल्छा ज्यूले हेर्नुहुन्छ उहाले दशहजार मानिस इम्पोलर गर्नुहुन्छ । अनि मैले टे«डिङ कम्पनी हेर्छु । म इन्डस्ट्रीमा छैन । टे«डिङमा त्यो हिसावको इभेष्टमेन्ट पनि हुदैन र इम्पोलायर पनि हुदैन ।

तर धेरै काम गर्दाखेरी डारेक्टली इनडारेक्टली रोजगार सृर्जना गरेकै हुन्छ । जस्ते मलाई हेनर््ुभयो भने मेरो कम्पनी मात्र हुदैन । मेरो कम्पनीको डिलर हु्न्छ डिलरको सव डिलर हुन्छ । सव डिलरको शोरुम हुन्छ । त्यसैले गर्दा रोजगार बढाउने काम भइनै राखेको छ । ठुलो इन्डष्ट्रिको पलान पनि छ ।

अन्तमा
अघि पनि तपाइले नाडा अटो शो भएन भनेर सोध्दै हुनुहुन्थ्यो नाडा अटो शो नहुनुको कारण हो । सरकारले सार्वजानिक भेला नगर भनेको वेलामा लाखौ मान्छे आउने अटोमेला गर्नु हुँदैन थियो । त्यो हाम्रो साउन भदौमा हुने ग¥थ्यो । त्यतिवेला सरकारले लगाएको मापदण्डहरु थियो । त्यसैले नभएको हो । फेरी तत्कालैको तत्कालै दश पन्ध्र दिनको तयारी गरेर त्यो सम्भव पनि हुँदैन । दुइ तिन महिनाको समय लाग्छ । त्यसैले नभएको हो । तर सवैले आफ्नो हिशावले कम्पनीहरुले आफ्नो अफर ल्याएका छन् । पहिलेको तुलनामा यसपटक ठुलो अफर नपाएको होला त्यो हुनको कारण गाडि कम पनि आएको छ । दाम पनि बढेर आएको छ । त्यसकारण धेरैले दाम बढाएका छन् । दाम नबढाउदा डिस्काउन पनि घटाउनु पर्ने भएको छ ।

कतिपय साथीहरुले गाडी पनि पाइराखेका छैनन् । गाडी नै कम आइराखेको छ । यो समस्या ग्लोवल्ली नै भएको छ । आउदै गरको २०७८ सालको बिजया दशमीको उपलक्ष्यमा सम्पुर्ण ग्रहक, मेरा कम्पनीका स्टाफ, नाडामा आवद्ध साथीहरु मलाई प्रत्यक्ष÷अप्रत्यक्ष चिन्नुहुने सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु । साथै यस जन आकाश मिडियालाई पनि धन्यवाद दिन्छु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend