logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ल्याटीन ए.बि.एस सिर्भिस सेन्टरमा मेघा बैंकका ग्रहकलाई छुट


  • जन आकाश
  • आइतबार, असोज १७ २०७८

 



काठमाडौं । पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधन निकै लोकप्रिय बन्दै गएको छ । प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो ।

यस्तै ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ । कम्पनीले मेगा बैंकका खातावाला कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटसहितको सेवा उपलब्ध गराउने उल्लेख छ ।

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोग कर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।

कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend