जन आकाश
काठमाडौ । प्रदेश नं. २ सिरहा कराते प्रशिक्षण केन्द्र र गोलबजार नगरपालिकाको संयुक्त रुपमा दानी थापा र पञ्चलाल थापाको स्मृतिमा आयोजना गरिएको ११ औैं स्मिृति र तेस्रो उपमेयर कराते राष्ट्रिय प्रतियोगता सम्पन्न भएको छ ।
सिरहाको तेतरीया जम्दह स्थित सरस्वती मा.विको प्रागनमा असोज १५ गतेवाट प्रतियोगिता संचालन भई १६ गते सम्पन्न भएको थियो । प्रतियोगतामा थुप्रै टिमहरुले भाग लिएका थिए । ८४ पदकका लगि झण्डै २०० खेलाडीले भाग लिएका थिए ।
स्वर्ण २१ रजत २१ र कास्य ४२ पदकको लागि भएको प्रतियोगितामा, प्रथम हुने टिमलाई नगद ५०००० दोस्रो टिमलाई २५००० तेस्रो हुने टिमलाई १५००० रहेको घोषणा गरिएको थियो प्रतियोगितामा सहभागि उत्कृष्ट महिला तर्फ एक र पुरुषतर्फ एक उत्कृष्ट खेलाडीले रु १०००० हजार पुरुस्कार राशि व्यवस्थापन गरिएको थियो ।
त्यसैगरी उदयमान खेलाडीहरु पुरुष तर्फका एकलाई रु ७००० हजार महिला तर्फ सात हजार रहेको थियो भने खेलाडी, प्रशिक्षक, अफिशियल सवैलाई खाना, खाजाको व्यवस्थापना आयोजकले व्यावस्थापन गरेको थियो ।
उक्त प्रतियोगितामा गोलबजार नगरपालिकाका खेलगडीहरुले ६ स्वर्ण ७ रजत जित्दै प्रथम स्थान हासिल गरेका छन् ।
गण्डकी प्रदेशले ४ स्वर्ण २ रजत जित्दै दोस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी धरान उप–महानगरपालिका प्रदेश १ ले ३ स्वर्ण ३ रजत सहित तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
उत्कृष्ट खेलाडीहरुमा महिला खेलडी गोलबजारकी खुश्बु खड्का, पुरुषतर्फ विराटनगरका अरविन्द मण्डलले. जनही १००००÷१०००० हजार प्राप्त गरेका छन् । उदयमान महिला खेलाडी तर्फ गोलबजारकी प्रौसिय चौधरी, पुरुषतर्फ धरान उप–महानगरपालिकाका सन्तोष शर्मा रहेका छन् ।
अन्य प्रशिक्षकहरुलाई कार्यक्रम सम्पन्न गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेस्वरुप कदर र सम्मान पत्र प्रदान गरिएको गोलबजार कराँते प्रशिक्षण केन्द्रका प्रशिक्षक कशम लामाले जनआकाशलाई जानकारी दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend