जन आकाश
राजेन्द्र मल्ल
अध्यक्षः नेपाल चेम्बर अफ कर्मश
नेपालका सफल व्यवसायीको रुपमा परिचय बनउनु भएका राजेन्द्र मल्ल जो नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष हुनुहुन्छ । उहासँग हाम्रा जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले पछिल्लो व्यवसायीहरुको अवस्था बुझ्न कुराकानी गर्नुभएको थियो ।
यहाँलाई स्वागत छ जन आकाश मिडियामा
धन्यावाद ।
तपाई अध्यक्ष भइसकेपछि चेम्बर अफ कमर्शले गरेका कामको वारेमा बताईदिनुस न ?
२००७ साल देखि व्यवसायीहरुको हकहितको लागि र सरकारलाई कर सहयोगको लागि फ्यासलेट गर्न स्थापना भएको संस्था हो । यस संस्थाले देशको हितमा सेवा गर्दै आइरहेको छ । भरखरै चार महिना अगाडी मात्र म यस संस्थामा अध्यक्ष भएर आइसकेपछि यस संस्थाले विगतमा गरेका कामको निरन्तरता संस्थाले लिएको लक्ष्य पुरा गर्ने मेरो अविभारा भएर आएको छ । यी अविभाराहरुलाई पुरा गर्दै मेरो नेतृत्वमा भएका टिमहरु बसेर नेपाल देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने बिषयमा निक्कै छलफल भएको छ । आत्मनिर्भर बनाउन सकिन्छ भन्ने दृढ विश्वास राख्दै हामी प¥यासरत छौ ।
तपाईले आत्मनिर्भर देश बनाउने कुरा गर्नुभयो हामीले आत्म साक्षी राखेर भन्नु पर्छ अहिलेसम्म कुनैपनि एकलाँख सम्म रोजगार दिनसक्ने उधोग÷कम्पनी नेपालमा छैन । यस संस्थामा ठुला ठुला व्यवसायीहरु आवद्ध छन् । रोजगार सृर्जना गर्ने प¥यास भएको छ ?
हाम्रो संस्थामा आवद्ध भएका उधोगी व्यवसायीहरुले एउटै संस्थाले लाखौलाई एकैपटक रोजगार नदिएपनि विभिन्न उद्योग, एसेम्वली मझौला, साना लगायतहरुले तापाईले भनेको लाखौ मात्र होइन धेरै लाखौलाँखलाई निजी व्यवसायीहरुको लगानी भएका क्षेत्रवाट हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रोजगार दिने काम भएको छ ।
एउटै उधोगले लाखौलाई रोजगार दिन नसक्ला तर समग्रमा उद्योगहरुले लाखौलाँखलाई अर्थात २०÷३० सौ लाँखलाई रोजगार दिएको छ भनि तपाइको यस लोकप्रीय पत्रिका मार्फत सवैमा जानकारी गराउदछु ।
मैले यो भन्दा अगाडीका चेम्वर अफ कमर्शका अध्यक्षहरुसँग अन्तर्वाता लिदा उहाँहरुले भन्नुहुन्थ्यो हामी स्वदेशी पुजीलाई प्रथामिकता दिदै विदेशी लगानी समेत ल्याएर नेपालीहरुलाई नेपालमा नै स्वरोजगार बनाउछौ भन्नुहुन्थ्यो केही कामहरु भएपनि लक्ष्य पुरा गर्न सक्नुभएन तपाईको कार्यकालमा के हुन्छ ?
हामीले सवैभन्दा स्वारोजगार कार्यक्रमको लागि नै प्रथामिकतामा राखेर काम गरिराखेका छौ । साथै सरकारलाई पनि हामीले आग्रह गरिराखेका छौ कि युवाहरु विदेशमा सीप सिकेर आउनुहुन्छ ति युवाले विदेशमा सिकेको सीपलाई उद्योग व्यवसाय गर्न प्रोत्साहित गर्ने गरी मुलुकले वातावरण बनाउनु पर्दछ । त्यसका लागि चेम्बर अफ कमर्शले पहल गरिराखेको छ । युवाहरुलाई सहुलियत व्याजदरमा कुनै पकेट क्षेत्रहरुमा सरकारी जमिन लिजमा दिएर त्यस्तो वातावरण बनाएर हामीले उद्यमशील बनाउनुपर्छ हाम्रा इन्टरनेशनलस्तरमा सीप सिकेका नेपालीहरु छन् । त्यतिले पनि पुगेन भने फयासलेटरहरुलाई ल्याएर पनि हामीले काम गर्नुपर्छ यतिवेला हामीसँग युवाशक्ति छ । बिजुली छ । सीप पनि छ । अव विदेशमा गएर काम गर्नुभन्दा विदेशी कम्पनी स्वदेशमा खोलेर विदेशीलाई चाहिने सामान यहावाट नि¥यात गर्ने गरी हामी अगाडी बढ्नुपर्छ भन्ने मलाई लाग्छ । यस्तै विषयमा हामीले छलफल गदै आएका छौ । व्यवसायीहरु उत्साहित नै भएको पाएको छु । यो राम्रो पक्ष हो । आसा गर्ने ठाउँहरु छन् ।
सरकारसँग व्यवसायीहरुको कहिलेकाही प्रतिपक्ष जस्तो भुमिका निर्वाह गरेको भन्ने सरकारले गुनासो गर्छ अहिले पछिल्लो अवस्था कस्तो छ ?
हामी सरकारसँग जहिले पनि सहकार्य गदै आएका छौ । सरकारप्रति हामी सकरात्मक छौ । सरकार पनि सरकरात्मक भएको पाएका छौ । निजी क्षेत्र र सरकार अनि जनता एक नभइकन यो मुलकको विकास हुन सक्दैन भन्ने मलाई लाग्छ ।
नेपाल चेम्बर अफ कर्मशको र अन्तराष्ट्रिय चेम्बर्सहरुको बीचमा कस्तो सम्बन्ध रहेको छ ?
हाम्रो चेम्बर अफ कमर्शको ४५ वटा भन्दा बढी देशहरुसँग दौत्य सम्बन्ध छ । २० वटा देशसँग अनेस्ली हाम्रो देशका प्रतिनिध पनि छन् । हामीले अन्तराष्ट्रिय व्यवसाय प्रर्वधन, त्याहाको टेक्नोलोजी ल्याउने सहजीकरण र सवलीकरण गर्ने ,नेपालले उत्पादन गरेका वस्तुहरु नि¥यातको लागि सक्दो वानडोर सर्भिसको व्यवस्था गर्ने सरकारको तर्फवाट र हाम्रो तर्फवाट विगतमा जस्तो नभई अनलाईनको गेटवे खोलेर भएपनि अगाडी बढाउनुपर्छ त्यसो गरेर आफ्नो ब्रण्ड, लोगो अन्तराष्ट्रिय श्रममा मान्यता प्राप्त हुने बित्तिक्कै याही उत्पादन गरेर नि¥यात गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
तपाई आफै पनि व्यवसायी हुनुहुन्छ । नेपालले कुनकुन क्षेत्रलाई सम्भवित विकास गर्न सक्छ भन्नदिनुस न ?
हामीसँग भएको जलस्रोतको अपार भण्डारलाई प्रथामिकतामा राखेर मोटामोटी ४५ हजार हाइड्रो मेगावाट कमरर्शसेल्ली भायवल पावर छ । यसलाई उत्पादन गरेर याही खपत हुनेलाई याही र बाँकी रहेकोलाई निर्यात गरेर यो मुुलुको विकासमा कायपलट ल्याउन सकिन्छ । यो मुलुकको भविष्य सुन्दर बनाउन सकिन्छ । हाम्रो विकासको सम्भावना जलास्रोत नै हो भन्ने भनाइ राख्न चाहान्छु ।
अन्तमा भन्न मन लागेका कुरा तर छुटेका भनिदिनुस न ?
बिशेष गरेर हामीले मुलुकलाई समृद्ध बनाउनको लागि सरकारी नीति,नियम, सरकारको भिजन लङगट्रम वेसमा हुनुपर्छ । नियम कानुनहरु छिटोछिटो वेशमा परिवर्तन नहोस् एकपटक सरकारले ल्याएको योजना १० सौ २० सौ वर्षसम्म जाने पुर्वधार विकास देशको उन्नत हुने गरी आउनु पर्दछ । बीचमा केही राम्रो कुरा छ भने थपघट गर्ने अन्यथा नेशनल पोलिसी चै लङगट्रम हुनुपर्छ । ब्यूरोक्रेसीलाई स्ट्रोङग बनाउनुपर्छ भन्ने भनाई राख्न चाहान्छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend