logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

देउशी भैलो प्रदेशमै रोयोरे


  • जन आकाश
  • बुधबार, कार्तिक ३ २०७८

 



काठमाडौ । नेपालीहरुको महाँन चाड बिजया दशमी सके लगतै उज्यालोको पर्व तिहार अर्थात दीपावली नजिकिदै छ । सो अवसर पारेर सिजनल गीतको होडबाजी चलिरहेको छ । सोही अवसरमा
लय÷ शब्द  बिर्ख बिश्वकर्माले निर्माण गरेको र स्वरमा राधिका हमाल, बिर्ख बिश्वकर्माको संयुक्त स्वर दिएको देउसी भैलो गीतको सम्पादन कार्य सम्पन्न भएको त्यस गितको अभिनय समेत गरेका प्रेम शर्मा पौडेल ले जानकारी दिएका छन।

उक्त गीतको अभिनय रिना थापा मगर , बिर्ख बिश्वकर्मा , सरादीन , लक्ष्मी नाथ तिमिल्सिना, गायत्री पाण्डे , सुमिता रिजाल, रचना पौडेल , रमेश अधिकारी, प्रेम शर्मा पौडेल, कमल पौडेल लगायतको बेजोड अभिनयले धमाका दिएको छ।  उक्त गीतको सम्पादन  संगीत बानियाँले  गरेका छन् ।

मेकअप गायत्री पाण्डेले गरिदिएकी छन् भने छायाँकनः दुर्लभ श्रेष्ठले गरेका छन् । त्यसैगरी नृत्यः निरेन श्रेष्ठले गरेका छन् । त्यस गीतको डिरेक्सन लक्ष्मी नाथ तिमिल्सिनाले गरेको प्रेम शर्मा पौडेलले जन आकाश डट कमलाई जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend