logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सञ्चारमन्त्री कार्कीद्वारा प्रजातन्त्रवादी लेखक अंक विमोचित


  • जन आकाश
  • शनिबार, कार्तिक ६ २०७८

 



काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक एक समारोहका बिच विमोचन गर्नु भएको छ ।

उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह “शनैःशनैः यात्रामा“को पनि विमोचन गरिएको थियो ।
मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अङ्कबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने भन्दै बिमोचन गर्ने क्रममा बताउनु भएको थियो । स्रष्टा वियोगी बुढाथोकीलाई थुप्रै कृतिहरू प्रकाशन गर्न शुभकामना पनि दिनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले नेपाली साहित्यमा शिवपुरी सन्देश पत्रिका र स्रष्टा वियोगी बुढाथोकीको योगदानको चर्चा गर्नु भएको थियो ।


समीक्षकद्वय अनुपमा रेग्मी र सविता विमलीले विमोचित नियात्रा संग्रहको चिरफार गर्नु भएको थियो भने समीक्षक राजकुमार बानियाँले ठट्यौली पारामा कृति र कृतिकार बुढाथोकीको योगदान र स्वभावको बारेमा आफ्ना विचारहरू राख्नुभएको थियो ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले सभापतिको आशनबाट कस्ता लेखकहरूलाई प्रजातन्त्रवादी भन्ने बारेमा आफ्नो गहन टिप्पणी राख्नु भएको थियो ।

स्रष्टा एवं प्रधान सम्पादक वियोगी बुढाथोकीले शिवपुरी सन्देशलाई आफ्नो जीवनकालमा १०० अंक पुर्याउने र शिवपुरी सन्देशलाई पुस्तान्तरण गर्ने धोको रहेको जानकारी दिदा सभाहल भावुक बनेको थियो ।

बाबू त्रिपाठीले रोचक तरिकाबाट सञ्चालन गरिएको कार्यक्रममा १४५ स्रष्टा र साहित्यानुरागीहरूको उपस्थित थियो ।
शिवपुरी सन्देश त्रैमासिकको प्रजातन्त्रवादी लेखक अङ्कको अतिथि सम्पादकमा प्रकाश घायल रहनु भएको थियो ।

कार्यक्रम महिला आयोगको सभाहलमा भएको थिायो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend