logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविताः सुन्दर छ नेपाल


  • जन आकाश
  • सोमबार, कार्तिक २२ २०७८

सुन्दर हिमाल पाहाडको देश हाम्रो नेपाल
नदी, नाला, ताल, पोखरी र झर्नाको प्रतिक हाम्रो नेपाल
फुलैफुलको सुगन्धले ढक्कमक्क बगैचा हाम्रो नेपाल
चार जात छत्तिस वर्णमा बिभाजित हाम्रो नेपाल



फरक फरक कला संस्कृति नेपली पहिचान
लुटेर लुटन नसकिने अमर छ हाम्रो स्वाभिमान
देशभन्दा बढी धर्म १२५ जात १२३ भाषा
सहयोगी मनले हेर नेपालीमा बढ्दैछ अभिलाषा

रक्षक डाडा काडा पर्वतहरु
सिरमा छ मणि सेतो हिमाल
मुस्कान दिन्छन सधै खुसी सित
सुन्दर शान्ति हाम्रो देश नेपाल

सरगमाथाको उचाइ जस्तै उच्च नेपाली सिर
पृथ्वी नारायण,भिमसेन र बलभद्र हुन हाम्रा बीर
तातो गोली छातीमा थापी दुश्मन दबेको
पुर्वमा टिष्टा र पश्चिम कागडा नेपाली पुगेको
राष्ट्र हित र रष्ट्रियतासँगै
उर्मादै नयाँ प्रतिभाहरु
गास, बास र कपासले
रमाउनुस सम्पुर्ण नेपालीहरु

नेपली मन नेपाल भुमि मेरो साहारा
प्यारा छन् हेर नेपाली पाखा पखेरा
मुहारभरी खुसी छायो नेपाली पनले
दुःख कष्ट बिर्साउछ आहा नेपाली मनले

बगाउन सक्छ रगतको खोलो
देश विकास गर्नको लागि
झुलाउन सक्छौ दुनियालाई
फुलाउन सक्छौ हाम्रो देश नेपाललाई

हामी छौ जति छौ
सवै तिर बुझौ सम्झौ
एकै ठाउँमा नफुटौ
जुटौ अव उठौ आ–आफ्नै कर्ममा

सत्य धर्म र न्याय चाहान्छौ
यहि हो हाम्रो मनस्थिति
अरुको भरमा बस्ने छैनौ
यहि हो नेपालीको साहासी

सहयोग गर्नु मेलमिालप गर्नु हाम्रो नेपाली मन्त्र
नेपालको सुन्दरतामा लोभिएको छ मन अत्यन्त
डाँफे हो राष्ट्रिय चरा हेर गुराँस हो फुल
नेपालीलाई सम्मान गर्न कहिल्यै नभुल

बिशेष चुवान
मनपा १० रामेछाप

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend