logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गितः परदेशीको तिहार


  • जन आकाश
  • सोमबार, कार्तिक २२ २०७८

गितः परदेशीको तिहार



दशैं आयो तिहारै आयो खै मलाई के आयो
जे लाए पनि जे खाए पनि उनैलाई सम्झायो

तोरी नि फुल्यो पहेलो भयो पाखा र पखेरो
लिपेउ नि होला पिढी र आगन उठेर सबेरो
नाङला भरी सयपत्री फूल गाईपुजा गर्नलाई
बाधेउ नि होला पुच्छरमा डोरो बैतर्नी तर्नलाई

मखमली फूलको बोकेर माला बाटोमा हेरेर
नफोरी ओखर रुदै हुन बहिनी ढोकामा बसेर
नबरङी टिका तयार पारी मलाई खोज्दी हौ
आउछ दाजु यसपाली भनी कुरेर बस्दी हौ

गाउँको पिङ सम्झेर म नी खाटमै मच्याछु
नसक्छु आउन नसक्छु बस्न यसरी थच्याछु
नबरङ्गी टिका, दुबो र माला सम्झेर बस्याछु
गुन्यु र चोलो दिदीकोलागी कोसेली किन्याछु

दशैं र तिहार निधार खाली मन रुन्छ धुरुरु
देउसी र भैलो खेलेको सम्झी म हुन्छु फुरुरु
रोएर दिदी नभिजाउ चोली मै फर्की आउँछु
बिर्सेको छैन देउसी र भैलो आज नि गाउँछु

पकाइ राख सेल रोटी प्यारी स्वादले खाऊँला
काक्रोको खल्पी बनाइ राख गहतको बिरौंला
दशैं आयो तिहार आयो हट्यो हिलो मैलो
मिलेर गाऊँ हे औंसी बारो गाई तिहारो भैलो

डा. अमर कार्की
ललितपुर ठेचो
हालः फ्लोरिडा अमेरिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend