logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

टाटा मोटर्स द्घारा एक्सचेन्ज क्याम्प आयोजना


  • जन आकाश
  • शुक्रबार, मंसिर ३ २०७८

 



काठमाडौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. लेप्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि मंसिर ३ देखि ७ गतेसम्म (१९नोभेम्वर देखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको हो । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन भनि कम्पनीले जानकारी दिएको छ ।

उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन हुने सिप्रदी टे«डिङले जनाएको छ । अर्को आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न गरी योजना ल्याइएको उल्लेख छ । फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

त्यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा आएर नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनीले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend