जन आकाश
काठमाडौ । ललितपुर स्थाइ घर भएका अनुसन्धान बैज्ञानिक डा. अमर कार्कीले अमेरिकाको फ्लोरिडामा भएको कविता प्रतियोगितामा आज २०० डलर पुरुस्कार जितेका छन् । उनले हामी नेपाली शिर्षकमा कविता लेखेर प्रतियोगितामा भाग लिएका थिए । उनले लेखेको कविता उत्कृष्ट भए वापत आयोजकवाट उक्त रकम सम्मान स्वरुप उनलाई प्राप्त भएको हो ।
उनको कविता यस्तो छ ।
कबिताः हामी नेपाली
स्वर्गको टुक्रा झरेर बन्यो, धर्तीमा नेपाल
समथर फाट हरिया डाँडा, सुन्दर हिमाल
लड्दै पड्दै गोरेटो बाटो, टुकीको उज्यालो
गाउँ र बेंसी मेलपात गर्दै, उकालो ओराला
े
लेक बेसी गुन्जमान हुँदा, आसारे भाकाले
रोपाइँ गर्न खेतका गरा, जोत्दथे काकाले
खाऊँला कहाँ अन्नका गेडा, बिउ नै नछरे
रमाऊँला कहाँ संगीत आज, सृजना नगरे
किसान यो जोतेर धर्ती, जगतलाई पाल्दछौ
चलाइ कलम श्रस्टा तिमी, मोहनी लाउदछौ
गौतम बुद्द शान्तिका दुत, सबैले चिन्दछन
डाँफे चरी देशको गौरब, हिमाल चुम्दछन
तिम्रै काखमा लुटुपुटु गर्दै, रमायो बालापन
त्यहीँ देश छाडी बिदेशिदा, रुदै छ मेरो मन
जा सुकै जाउ जा सुकै बस, हामी हौ नेपाली
कोही मधेशी कोही पहाडी, कोही त हिमाली
यताको चलन उताको चलन, मिल्दैन कसैनी
चलाउदा चलन राम्रो नै हुन्छ, जा सुकै बसेनी
निधारमा रातो टल्कने टिका, गर्बले लगाउँछौ
नेपाली हामी नेपाली बोल्छौ, यसैमा रमाऊँछौ
डा. अमर कार्की,
अनुसन्धान वैज्ञानिक
वेस्ट पामबिच, फ्लोरिडा
डा. अमर कार्कीलार्इं जन आकाश मिडियाको तर्फावाट पनि हार्दिक बधाई । बिदेशमा रहेर पनि नेपाली संस्कृतिलाई माया गरेर योगदान पु¥याउनु भएकोमा अभार प्रकट गर्दछौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend