logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ध्रुव थापाको पक्षमा गण्डकी प्रदेशका व्यवसायी


  • जन आकाश
  • मंगलबार, मंसिर १४ २०७८

पोखरा । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिीदै छ । उक्त सन्ध्यामा अध्यक्षम ाउमेद्ववारी घोषणा गर्नु भएको ध्रुव थापाको टीम पोखराका अटोमोवाइल व्यवसायीको बिच पुग्नु भएको हो । पोखराको एक ब्याङक्वेटमा थापाको टीम र त्यहाँका स्थानिय व्यवसायी बीच अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो ।



नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्नु भएको ध्रुव थापा लगायतका सम्पूर्ण उम्मेद्वार सदस्य सहित टिमले कार्यक्रमा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीको साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरु सहभागीता रहेको थिायो । साथै उक्त कार्यक्रममा नाडाका सम्पूर्ण पूर्व ध्यक्षहरुको स्पष्ट समर्थन धुर्व थापा समूहलाई रहेको जानकारी गराइएको थियो ।

नाडा नेपाल अटोमोबाइल्स् एसोसिएशन अफ नेपालका बर्तमान कार्यसमिति सदस्य तथा ध्रुवबहादुर थापा प्यानलबाट उमेद्वारी दिनु भएका कपिल शिवाकोटीले कार्यक्रम सञ्चालन गर्नु भएको कार्यक्रममा पश्चिमाञ्चल अटोमोवाइल्स डिलर एसोसिएसका पुर्व अध्यक्ष माधवप्रसाद पौडेलद्वारा कार्यक्रममा स्वागत मन्त्यव्य राख्नु भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, न्याय तथा सञ्चार मन्त्री माननीय बिन्दुकुमार थापा, लायन्स मल्टिपल ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन लायन प्रेम बहादुर श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी उमेद्वार धु्रबबहादुर थापाले आफु र आफ्नो टिम नेतृत्वमा आए पछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सो को प्याटेन्ट लिने देखि लिएर मोफोसलमा पनि केन्द्र कै आयोजनामा अटो शो गरिने अवधारणा , सदस्यहरुको क्षमता अभिबृद्धि गरिने बिषय, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा सदस्य व्यवसायीले चाहिएको जस्तो डाटा व्यवस्थापन गरेर उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थात रुपमा नाडाका तर्फबाट गरिने समाजिक उत्तरदायित्वका कार्यहरुको बारेमा आफ्नो स्पष्ट धारणाहरु राख्नु भएको थियो ।

अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरुको समेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानु पर्ने आवश्यक्ता रहेको बिषयमा पनि वहाँले प्रकाशपार्नु भयो । त्यसैगरि अहिले नाडाको सातै प्रदेशमा संगठन बिस्तार भएपनि सबै प्रदेशमा रहेका सबै व्यवसायीलाई समेट्न बाकी रहेको भन्दै, प्रदेशमा रहेका संगठनलाई थप अधिकार प्रयोजन गरि आर्थिक रुपमा पनि सवल र सक्षम बनाउनु पर्ने आवश्यक्ता रहेको बताउनु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष उमेद्वार थापाले व्यवहारीक रुपमा आफु र आफ्नो टीमले निर्वाचन जितिसकेको बताउँदै भन्नुभयो, ‘चुनाव टेक्नीकल विषय भएकाले मतदाताले दिएको मत गणना नभएसम्म जित मान्न नसकिने हुँदा सबै व्यवसायीलाई नाडाको निर्वाचनमा उपस्थित भएर भोट खसाल्न अपिल गर्छु ।’

थापाले चुनाव पश्चात आफु लगायत आफ्नो टीमले सम्पूर्ण साना तथा ठुला व्यवसायीलाई समान सम्झेर नाडाको विधि र विधान अनुसार कामगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा सहभागी उम्मेद्वारहरुका अनुसार ध्रुव थापाको प्यानललाई गोल्छा, लक्ष्मी, दुगड, जगदम्बा, आइएमई, खेतान, अग्नी, बिसाल, ज्योति समूह लगायत बैद्य अर्गनाइजेसन, केडिया अर्गनाइजेसन, कन्टिनेन्टल समूह आदि ठूला व्यवसायीहरुको समेत समर्थन रहेकोले हाम्रो जित सुनिश्चित देखिन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गरेका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आफ्नो मन्तव्य राख्दै नाडाका अध्यक्ष पदका उम्मेद्वार थापा एक सक्षम नेतृत्वकर्ता बन्ने र उहाँको व्यवसायीक यात्राले पनि यसलाई पुष्टि गरेको धारणा राख्नु भएको थियो ।

पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापतिले ध्रुव थापा विगत २१ वर्षदेखि पोखराको व्यवसायी संघमा आबद्ध भएको तथा अनुभवी उम्मेद्वार भएकाले उहाँले नाडाको सफल नेतृत्व गर्न सक्ने विचार राख्नु भएको थियो ।

कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल व्यवसायी संघका अध्यक्ष मोहनबाबु खड्काले अध्यक्षका प्रत्यासी धु्रबबहादुर थापाको ब्यवसायीक यात्राका साथै पारिवारिक र समाजिक बिषयहरुलाई समेत समेटेर परिचय गराउनु भएको थियो ।

कार्यक्रममा उठेका बिभिन्न बिषयमा यस टिम को तर्फबाट नाडाका बर्तमान उपाध्यक्ष आकाश गोल्छा र नेपालका लागि बिवाईडि इलेक्ट्रिक गाडीका आयातकर्ता यमुना श्रेष्ठले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

नाडालाई व्यवस्थित गर्दै व्यावसायिक हितमा काम गर्न सुझाव दिँदै उपस्थित व्यवसायीले आफुहरुको समर्थन थापा र उहाँको टिममा रहेको बताएका थिए । अन्तक्र्रियामा बोल्ने अधिकांश व्यवसायीले ध्रुव थापा एक असल व्यवसायी र पोखरा क्षेत्रको गहना भएको बताउनु भएको थियो । अधिकांश वक्ताले अटो जोन निर्माणमा पहल थाल्न सुझाव दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend