जन आकाश
काठमाडौ । गायक भूषण खड्काको यहि हो माया बोलको गित भिडियो सार्बजनिक गरेको केही दिनमा नै दर्शक स्रोताको माया नै माया पाउन सफल भएको छ ।
उक्त गित यहि मंगलवार २१ गते टुलिक क्याफे पेप्सिकोलामा एकम कार्यक्रम गरी बिमोचन गरिएको थियो ।
यहि हो माया बोलको गितलाइ गायक भूषण आफैले सृजना गरेका थिए भने संगीत पनि उनी आफैले भरेका थिए । गित को भिडियो लाई ओ एस आर डिजिटल मार्फत युृटुवमा सार्बजनिक गरिएको थियो ।
उक्त भिडियो लाई कपिल कार्की ले डाइरेक्सन गरेका छन । मुख्य भुमिकामा गायक आफै देखिएका छन भने मोडल प्रशंसा राउतले उनलाइ साथ दिएकी छिन ।
गितको बिमोचन गायक प्रकाश तिमल्सिनाले गरेका हुन् । कार्यक्रमा प्रमुख अतिथि पनि तिमिल्सिनानै रहेका थिए । त्यसै गरि विभिन्न हास्य कलाकार तथा गायकहरुको पनि उपस्थिती देखिन्थ्यो ।
कलाकार कुमारमणि गजुरेल, भुपेन्द्र रायमाझी लगायत का कलाकारहरुको बिशेष प्रस्तुतिको बिच भिडियो सार्वजनिक गरिएको थियो । भिडियो सार्बजनिक समारोह मा जनआकाश राष्ट्रिय साप्ताहिक, रातोमसी अनलाइन, दर्शना मिडिया, आर्या ईन्टरटेन्मेन्ट लगायतका थुप्रै मिडियाहरुको बाक्लो उपस्थिति पनि देखिन्थियो ।
आफ्नै शब्द तथा सृजनामा आफ्नै संगीत अनि आवाज भरेका गायक भूषण खड्का अभिनयमा पनि निकै अब्बल भुमिकामा उक्त भिडियो मा देख्न सकिन्छ । गायक भुषण खड्काले डाइरेक्टर कपिल कार्की लाई बिशेष धन्यवाद दिदै खुसी पनि व्यक्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend