जन आकाश
काठमाडौ । काठमाडौ मोर्डन कलेज (केएमसी) बाजबजार कक्षा १२ मा अध्ययनरत शुसिल सहनीको गएको २ दिन अगाडि कलेजको ट्रवालेटमा मृत अवस्थामा भेटिएपछि निरन्तर रुपमा बिद्यार्थीले आन्दोलन गर्दै आएका छन् । नेपाल प्रहरीको मालीगाउँ क्षेत्रमा फोन गरेर हामीले आधिकारिक जानकारी लिन खोजेको थियौ । त्याहावाट केन्द्रीय प्रवक्तालाई फोन गर्नुहोला हामीलाई आधिकारिता छैन भनेका थिए । केन्द्रीय पवक्तालाई हामीले सोधेका थियौ उनले उपचारको क्रममा मोर्डन अस्पतालमा उनको मृत्यु भएको र हामीले प्रराम्भिक अनुसन्धान भइरहेको जानकारी दिएका थिए । अरु कुरा अहिले भन्न नमिल्ने भन्दै फोन काटेका थिए ।

शुसिल सहनीलाई कुटेर मारेको भन्ने आरोप समेत बिद्यार्थीहरुले लगाउदै आएका छन् । उक्त आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुलाई कलेज प्रशासनले घरपकड गर्दै आएको छ । आज बिद्यार्थीहरुले आफ्नो सहकर्मी बिद्यार्थीको मृत्युले आफुहरु अत्यन्तै दुःखी भएको र उसको आत्मले शान्ति पाओस भन्ने कामनाको लागि कलेजवाट मैनवक्ति वालेर लाइनवद्ध हुदै माइतीघर मण्डलामा पुगेर शान्तिको कामना गरेका थिए ।
बिद्यार्थीहरुले सत्य तथ्य छानवीनको माग गर्दै आएका छन् । तर कलेज प्रशासनले खासै चासो देखाएको छैन भन्ने आक्रोशित बिद्यार्थीले माइतीघर मण्डलामा जम्मा भएर प्रहरी प्रशासनलाई न्याय नमरोस भनेर आग्रह पुर्वक आक्रोस पोखेका थिए ।

काठमाडौ मोर्डन कलेज शुनिल शर्मा अध्यक्ष रहेको कलेज हो । जुन पुर्वमा रहेको नोवेल मेडिकल कलेजको पनि शर्मा नै अध्यक्ष छन् । उनले नेतृत्व गरेको कलेजमा विवाद नभएको काही छैन । नोवेल मेडिकल कलेजमा विवाद नै विवाद छ । उता सिना मंगलमा रहेको मेडिकल कलेजमा पनि विरामीको शंकास्पद मृत्युलाई लिएर वेला वेलामा आन्दोलन हुने गरेको देखिन्छ । सुनिल शर्माले काठमाडौ मेडिकल कलेज खरिद गरेपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै कर्मचारीहरुले पनि आन्दोलन गरेका थिए । कुनैवेला नेकपा (माओवादी) समर्थित सुनिल शर्मा केही बर्ष अगाडी देखि नेपाली काँग्रेस पार्टीको मोरङ जिल्ला समिति सदस्य रहदै आएका छन् । उनले नेपाली काँग्रेस पार्टीको आडमा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई श्रम ऐनको उल्लघन गरेर गएको साउनमा कर्मचारीहरुलाई निकालेका थिए । कानुनी उपचारमा कर्मचारीहरुले आन्दोलन गर्दा प्रहरी र टोले मुन्दे्र लगाएर कर्मचरीहरुलाई रोजगारीवाट निकालेका थिए ।

यता बागबजारमा रहेको काठमाडौ मोर्डन कलेजमा गएको वर्ष पनि ट्वालेटमा बेहोस अवस्थामा बिद्यार्थीहरु भेटिएका थिए । पछि उपचार पछि उनिहरुको स्वास्थ्यमा सुधार भएको थियो । सोही ठाउँमा सुसिल सहनीको मृत्यु हुनुले कलेजको हेलच्यक्रार्इृ रहेको घटना थाहा पाउने स्थानीयको भनाई छ ।
हामीले कलेज प्रशासनलाई फोन गरेर बुझ्न पटक पटक फोन गरेपनि सम्बन्धित निकायलाई लगाई दिन्छौ भन्दै फोन फरवार्ड गरिएको थियो.तर फोन गइरहन्थ्यो उठ्दैन थियो । हामीले सुनिल शर्मा वा कलेजका प्रिन्सीपलको नम्बर मागेका थियौ कलेजको फोन शाखावाट उहाको फोन अलाउट छैन भन्ने उत्तर आएको थियो ।
यसरी कलेज भित्र बिद्यार्थीको टवालेटमा मृत अवस्थामा भेटिनु राम्रो बिषय होइन । मृत बिद्यार्थीको बिषयमा बिद्यार्थीले उठाए जस्तै सत्य तथ्य छानवीन होस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend