जन आकाश
काठमाडौ । “स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवाविकास बैंकले यहिपौष ९ र १० गते फुटसल आयोजना गर्ने भएको छ ।. Kamana Sewa Futsal Cup 2021 प्रतियोगिताको सम्बन्धमा जानकारी गराउने उद्देश्यले उसले पौष ८ गते बैंकको केन्द्रीय कार्यालय ज्ञनेश्वरको भवनमा आयोजित पत्रकार सम्मेलन मार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेल तालिकाको बारेमा समेत जानकारी गराइएको थियो ।
उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, सञ्चारकर्मीहरु, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्ने गरी कार्यक्रम हुन लागेको जानकारी पनि गराइएको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज बाट पौष ९ गते उक्त खेलको उद्घाटन हुनेछ भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समापन गरिने र पौष १० गते नै नकआउट चरणका खेलहरु हुने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend