जन आकाश
काठमाडौ । “स्वस्थ शरीर स्वस्थमस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवाविकास बैंकले यहिपौष ९ र १० गते आयोजना गरेको पहिलो Kamana Sewa FutsalCup 2021 प्रतियोगिताको १० गते सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकावडा नं. ४, हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उक्त खेलको उद्घाटन गरी खेलको आराम्भ भएको थियो ।
उक्त कार्यत्रममा कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा KTM City का प्रमुख कार्यकारी अधिकृत निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि, खेलपाटी डट कमका प्रतिनिधिहरु, सहभागी टिमका खेलाडीहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थार बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका छन । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको थियो । जसमा समूह एमा कामना सेवा विकास बैंक (हरियो),राष्ट्रिय बीमा संस्थान, सांग्रिला डे.बैंक र कुमारी बैंक, समूह बिमा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह सिमा नेपालइन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह डि बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुङ्गा डे. बैंक, समूह इ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका थिए भने समूह एफमा कामना सेवा विकास बैंक (निलो), माछापुच्छ्र्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक रहेका छन । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend