जन आकाश
गजल शराबको
जमाना देखि बनेको छ यहाँ गजल शराबको
बेहोसीमा भएपनि गुनगान पलपल शराबको
मनमा चैन रहेन पिएर मदहोस हुँदा पनि हरे
नशा नशामा भयो साहयद हलचल शराबको
होसमा गाए बेहोसीमा पनि गाए अनि त भयो
गजल मेरो खराब न उत्रदै दलदल शराबको
चढ्यो नशा प्यारको जब तिमीले नै पिलायौ
प्यास बुझे पनि यो मेटिएन तलतल शराबको
तिमी साथ हुँदा खुशि खुशिले पिएको थिए
अनि तिमी सँगै याद आउछ हरपल शराबको
गजल त केबल एक बाहना मात्र हो साथी
आखिरीमा भै जान्छ यहाँ छलफल शराबको
डा. अमर कार्की
ठेचो, ललितपुर
हाल फ्लोरिडा, अमेरिका
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend