logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बलेको मैनबत्ती जस्तै हाम्रो जिबन, डा.अमर कार्की


  • जन आकाश
  • शुक्रबार, पुष १६ २०७८

 



 

एक सांझ एउटा बिशाल सपिङ मल भित्र घुम्दै थिए। घुम्दा घुम्दै मेरो नाकले केही मिठो सुगन्ध चाल पायो र मेरो पाइला त्यतै तिरलम्कियो। बाहिरबाटै देखे त्यो एउटा मैनबत्ती बेच्ने भब्य पसल रहेछ। मगमग बास्ना आइरहेको र धपक्कै बलेको त्यो पसल भित्र नछिरीमेरो मनले मान्दै मानेन। त्यहाँ थरी थरीका मैनबत्तीहरु थिए। जलिरहेका मैनबत्तीबाट थरी थरीका गन्ध र प्रकास पनि आइरहेको थियो।कुनै मैनबत्ती नबलेका, कुनै भर्खर बल्न शुरु गरेका त कुनै बलिसक्न आटेका। कुनै त बलेर निभिसकेका पनि थिए त्यहाँ। मैले हेर्दा हेर्दै ससाना मैनबत्ती बलेर निभी पनि हाले। म तिनै मैनबत्तीहरुलाई हेरेर टोलाइरहेको देखेर पसलकै एक जना कर्मचारीले ूम्य थयग ष्पिभ ष्तरुू भनेर सोधे।म झसङ्ग भए किनकि म त आर्कै दुनियाँमा पो पुगेको रहेछु। उनले ति मैनबत्तीहरुको बखान गर्न थाले। उनले गरेका तितारिफहरु मेरो कान सम्म त पुगे होला तर त्यहाँ दर्ता भएनन्। मैले ति बृद्द बिक्रेताको अनुहार तिर आँखा घुमाए। डुब्नै लागेको घाम जस्तैकरिब ८० बर्षका तिनलाई देखेर अचानक मेरो मुख बाट निस्कियो ूहुन त हो तर केही समय पछि त यो पनि निभ्छ नि।ू उनि अलमल्लपरेको देखेर म सम्हालिय र अरु मैनबत्ती हेर्न तिर लागे। त्यतीबेला मेरो मस्तिष्कमा आफुले केही दिन अघि हेरेको बिबिसी द्वारा निर्मित रप्रस्तुत ूल्बतगचभू नामक बृतचित्र घुमिरहेको थियो। जसमा अनौठा जाती र प्रजातीका जिबहरुको जिबनी देखाइरहेको थियो।तिनीहरुको जिबनको शुरुवात, बाँच्नका लागि गरेका सघर्ष र जिबन समाप्तीका कथाहरु थिए।

जब सम्म मैनबाट मैनबत्ती बन्दैन नि तब सम्म त्यसको कुनै महत्व हुदैन। त्यसैगरी जब सम्म जिबको अन्डामा बिज पर्दैन त्यसको पनि कुनैअस्तित्व हुदैन किन कि तबसम्म त्यो निर्जीव हुन्छ अर्थात त्यसमा जिबन हुदैन। मैनबत्ती बिभिन्न आकार, प्रकार, गन्ध र रंगका बन्दछन्।त्यसैगरी यो संसारमा धेरै प्रकारका जिबहरु छन्। जस्तै पशु, पन्छी, किरा फट्याङ्रा, माछा आदि आदि। तिनका रुप, रंग, स्वभाब अनिजिबन शैलीमा धेरै भिन्नता छ।

जब मैनबत्ती बल्न थाल्छ तब बल्ल त्यसले आफ्नो गुण दर्शाउन थाल्छ। हो ठिक त्यसैगरी जिबहरुले पनि गर्भबाट निस्किए पछि नै आफ्नोप्रबृति देखाउन थाल्छन। कुनै मैनबत्तीको प्रकास तेजिलो हुन्छ भने कुनैको घमिलो। कुनैको बास्ना मिठो आउछ भने कुनैको ठिकै। यिमैनबत्तीहरु कसरी र कहाँ बनेका छन त्यसैमा भर पर्छ तिनीहरुले दिने महक पनि। जिबहरुको स्वभाब र चाल पनि उनिहरु जन्मनु अघि नैतय भैसकेको हुन्छ। कोही उड्ने, कोही पौडने, कोही कुद्ने त कोही घर्षने आदि आदि।

रमाईलो कुरा के भने जसरी मैनबत्तीको प्रयोग बिभिद प्रयोजनबाट भैरहेको हुन्छ यि जिबात्माहरुले पनि आफ्नो जिबन त्यसैगरी भिन्नभिन्न शैलीमा बाँचीरहेका छन्। धेरै जसो मैनबत्ती उज्यालो प्राप्तिको लागि प्रयोग हुन्थ्यो र अझै पनि हुन्छ। तर मैनबत्तीलाई सजावट रसुगन्धको लागि पनि प्रयोग गरिन्छ। मतलब कुनै मैनबत्ती केबल बल्नकै लागि बलिरहन्छ भने कुनै सौन्दर्य र सुगन्ध प्रदान गर्दै जलिरहेकोहुन्छ। ठिक उसैगरी कोही जिबन केबल बाँच्नकै लागि बाँचिरहेको हुन्छ भने कुनैले आफुले पनि मनोरन्जन गर्दै बाकी जगतलाई पनिमनोरन्जन प्रदान गर्दै बाँच्दछन्। अर्थात जिबनमा बिबिधता त छदै छ अझै त्यसमा रंग पनि भरेका हुन्छन्।

तर त्यहाँ भित्र एउटा अकाट्य तितो सत्यता पनि छ। त्यो के हो भने मैनबत्ती जब बल्न शुरु गर्छ त्यसको आयु घट्न थाल्छ। बल्दै जान्छ, पग्लदै जान्छ र कुनै पलमा त्यसको अस्तित्व समाप्त हुन्छ। यो एकोहोरो प्रकृया हो र यसलाई उल्ट्याउन पनि सकिदैन र रोक्न पनिसकिदैन। होला मैनबत्तीको आकार र प्रकार अनुसार तिनको आयु पनि लामो छोटो होला तर एक दिन त निभ्छ निभ्छ। एक पल्ट सोचौ तके हाम्रो जिबन त्यो मैनबत्तीको भन्दा फरक छ ररु हरेक जिबको जिबन पनि शुरु भएकै दिनबाट छोटिन थाल्छ र एक दिन समाप्त हुन्छ।मैनबत्तीको प्रकार जस्तै जिबका पनि जाती प्रजाती अनुसार कसैको जिबन छोटो त कसैको लामो मात्र हो। जसरी कहिलेकाहीँहावाहुरीले त कहिले कसैले फुकेर मैनबत्ती पुरा नजल्दै निभ्न पनि सक्छ हो त्यस्तै कुनै प्राकृतिक त कुनै अप्राकृतिक कारणहरुले कसैकोजिबन अचानक बिचैमा समाप्त पनि हुन सक्छ। जब जब आफ्नो जन्मदिनमा म मैनबत्ती जलाउछु र निभाउछु म त्यहीँ मैनबत्तीमाआफुलाई देख्छु।

पसलबाट बाहिरिनु अघि मैले ति बृद्दलाई यती सुन्दर र सुगन्धित मैनबत्तीहरु कहाँबाट लेराउनु हुन्छ भनेर सोधे। उनले भने ूमेरो घरमासानो कारखाना छ म आफै बनाउछु। म बच्चै देखि यहीँ पेशामा छु।ू मैले यसमा फाइदा धेरै हुन्छ हो भनेर सोध्दा उनले भने ूफाइदा तत्यती छैन तर मेरा ग्राहकहरु मेरा मैनबत्तीहरु घरमा बालेर आनन्द लिन्छन र मुस्कुराउदै फेरि फेरि मेरो पसलमा आएर मेरो सृजनाकोतारिफ गर्छन। त्यो नै मेरो सन्तुष्टि हो।ू

हाम्रो जिबन पनि बलेको मैनबत्ती जस्तै हो जसको शुरुवाती नै समाप्तीको गति हो जुन कसैले छेक्न र उल्ट्याउन सक्तैन। तैपनि यिमैनबत्तीले आफु जलेर अरुलाई प्रकास र आनन्द प्रदान गरे जस्तै हामी पनि यो जिबन अरुको मुहारमा मुस्कुराहट लेराउदै बिताउन भनेसक्छौ नि है।

 

डा। अमर कार्की

ठेचो, ललितपुर

हालस् फ्लोरिडा, अमेरिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend