logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोइली नामक गित सार्वजनिक


  • जन आकाश
  • शनिबार, पुष २४ २०७८

कोइली नामक गित सार्वजनिक



काठमाडौ । कोइली नामक गित  काठमाडौको म्याग्नुम लाउन्ज बारमा एक  कार्यक्रम मार्फत सार्बजनिक भएको छ।

गायक ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गित खम्बे इन्टरटेनमेन्ट यु ट्युब च्यानलबाट आउनेछ गितमा पुस्प खड्का,अमिरा कार्की,बिष्णु सापकोटा लगाएतका कलाकारहरुले अभिनय गरेका छन ।

शिव शर्माले लेखेको उक्त गितमा संगीत भने दिपक शर्माले गरेका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रिय म्युजिक भिडियो निर्देशक समन अधिकारी,पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौसल राज खड्का, समाजसेबी राजन थापा लगायतका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

प्रमुख अतिथि लामाले मन्तव्य राख्दै गित राम्रो बनेको र यस्तो खालको गितले मार्केट लिने बताएका थिय भने विशिष्ट अतिथि शान्तिप्रियले पनि पछिल्लो समयमा लोक प्याट्रोनको गितले मार्केट लिइरहेको बेला यस्तो खालको गित राम्रो चल्ने आशा ब्यक्त गरेका थिए ।

समीर लामाले संचालन गरेको बिमोचन कार्यक्रममा निर्देशक तथा कलाकार इन्द्र बहादुर लामा(खम्बे)ले बोल्दै गित राम्रो बनेको दर्सकको साथ पायको खण्डमा कोइली दुई पनि ल्याउने बताएका थिए ।

निर्माता राजन कार्कीले पनि आफ्नो धाराणा ब्यक्त गर्दै आफ्नो छोरिलाइ १२ बर्षाको उमेरमै मोडेलको रुपमा देख्न पाउँदा निकै हर्सित भएको जन आकाश डटकमलाइ बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend