जन आकाश
काठमाडौ । कपन तेन्जीङ्गचोक इथीत छोटो समयमै आफ्नो ग्राहकहरुलाई दुई पाङ्ग्रे सवारीको मर्मत को सेवा सुविधा दिदै आएको ल्याटीन ए.बी.एस को ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राजकुमार थापा मगर नियुक्त भएका छन् ।
मङ्गलबार राजधानीमा आयोजित कार्यव्रmममा ल्याटीन ए.बी.एसका संस्थापक तथा प्रवन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको ल्याटीन ए.बी.एसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
थापाले विभिन्न सञ्चार माध्यमबाट ल्याटीन ए.बी.एस को प्रचार प्रसार गर्ने भएका छन् । पब्लिक फिगर बनेपछि कुनै पनि उत्पादन वा कम्पनीको विश्वसनीयता र उद्देश्य थाहा पाउन जरुरी रहेको थापाले बताए । ल्याटीन सँगको आफ्नो आबद्धताको बारेमा बोल्दै विज्ञप्तिमा उहाँलाई उद्धधृत गर्दै भनिएको छ, म कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आवद्ध भएको छु भन्दै उनले कार्यक्रमम बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend