जन आकाश
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वाडन ७ मा अवस्थित लोपन्मुख हायु जातिको मुख्य पर्व महाकाली देवीको पुजा आजदेखी मुडाजोरमा रहेको महाकाली थानमा सुरु भएको छ ।

वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा हायु पुजारीहरुले विशेष पुजाआजा सहित मनाउने गरिन्छ ।

महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ हप्तासम्म बाजागाजा सहित लाग्ने मेलामा हायुजातिका पुरुषहरु पुजारी हुन्छन । विभिन्न भाकल तथा दर्शनका लागी मेलामा रामेछाप सहित सिन्धुलीका हायु जातिका मानिसहरु र अन्य जातजातीका मानिसहरु पनि दर्शन गर्न आउने गर्छन ।तर मन्दिरमा चै पुजापाठ हायुहरुले मात्र गर्ने गर्दछन् । त्यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका रामचन्द्र बस्नेतले दिनुभएको जानकारी अनुसार अन्य जाति श्रद्धालुहरुले ल्याएको धुप, अक्षतापाती, झयाप्टा बक्ति, त्रिशुल लगायतको पुजाको सामग्रीहरु हायु पुजारीहरुले चडाएर सहयोग गर्ने गरेको जानकारी दिनु भएको हो ।
माहाकाली मन्दिरको महत्व यस्तो छ ।
त्यस मन्दिरमा दर्शन गरेपछि मनोकामना पुरा हुने जनविश्वास छ । नेपालकै उन्मुख जाति हायुहरुको उदगम थलो नै रामेछाप नगरपालिकाको वडा नं ७ मा रहेको छ । देशकै भिन्न खालको हायु संस्कृति तर नेपालको गर्व गर्न लायक संस्कृति पनि हो ।
तर उचित संक्षण र प्रचार प्रसारमा उल्लेखिय काम हुन नसक्दा नेपालको एतिहासिक श्री महाकाली देवीको शक्तिको फाइदा उठाउन भक्तहरु बञ्चित भइरहेका छन् । त्यस मन्दिरको महत्व ईतिहाँसलाई प्रसार प्रसार गरेर व्यवस्थापन पनि राम्रो गर्न सकेको खण्डमा धार्मिक प¥र्यटनले त्याहाका स्थानीय समेत लाभान्वित हुने सम्भावना रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend