logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

खल्ती मार्फत ब्लुबुक नवीकरण गर्न सकिने


  • जन आकाश
  • बिहिबार, फाल्गुन ५ २०७८

 



काठमाडौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनवाट बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने उल्लेख गरेको छ ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टि यम आइ यस) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक भर्न सक्छन् ।

⦁ खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको “ब्लुबुक रिन्यु“ मा नवीकरणमा ट्याप गर्नुहोस्।
⦁ आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्नुहोस्।

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लाग्नुभएका महानुभावहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एप मै उपलब्ध गराइएको छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै khalti मा प्राप्त हुनेछ भने VRS द्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि तपाईले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुपर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend