जन आकाश
काठमाडौं । आफ्नो स्थापनाकाल देखिनै बिभिन्न समयमा राष्ट्रवादी गितको बिमोचन , कलाकार ,समाजसेबि तथा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान कलाकार र पत्रकार बिचमा खेलकुद जस्ता कृयाकलाप गराउँदै आएको एक्टिभ ईन्टरटेनमेन्टले प्रजातन्त्र दिवसको अवसर पारेर पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा म्युजिकल प्रोगाम सम्पन्न गरेको छ ।
सम्मान कार्यक्रमा बिभिन्न क्षेत्रमा काम गर्ने सबै बिधाका प्राबिधिक कलाकार तथा समाजसेवि हरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
एक्टिभ ईन्टरटेनमेन्टको अध्यक्ष अनु राना को शभापतित्व र नेपाली काँग्रसका बरिष्ट नेता तथा पुर्व उपप्रधान मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा तथा हेल्पिङ ह्याण्डस् का अध्यक्ष डा.राजेन्द्र कोईराला, ईमिटी बोर्डीङ स्कुलका प्रिन्सिपल सुरेन्द्र लम्साल, समाजसेबि टेकबम लगाएत अन्य कलाकार तथा पत्रकारहरुको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सन्चालन कलाकार मोडल तथा सर्जक बिजेन्द्र नौबागेले गरेको उल्लेख छ ।
कार्यक्रममा नेपाली चलचित्रका निर्देशक अमर वली ,म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे ,म्युजिक भिडियो निर्देशक प्रकाश धिताल,सर्जक गोबिन्द भट्ट ,मिडियो निर्देशक राज तामाङ, मोडल तथा मिडियाकर्मी श्रेया कार्की , गायक रुपक डोटेल , गायक तिलक बस्नेत , गायक एलिज एन्जल राई ,ब्यबसायी तथा समाजसेबि राजु कार्की , कलाकार तथा समाजसेबि जानकी बज्रचार्य ,निर्देशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल , समाजसेबि दुर्गा लम्साल, गायक, सर्जक र मोडल मिलन बिष्ट , संचारकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली लगायतलाई बिभिन्न बिधामा प्रशंसनिय कार्य गरेको भन्दै पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ ले सम्मान गरीएको आयोजकले जानकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend