जन आकाश
काठमाडौ । नेपालमा विवादको चरण रुपधारण गरेको एमसिसि परियोजना आज संसदमा पेश भएको छ । देशभरी नेपाली जनता एमसिसि परियोजनाको बिरोधमा छन् । तर तिनै जनताले जिताएर पठाएका नेताहरु भने एमसिसि रियोजना पास गर्न आतुर छन् । जनता विरोधमा सरकार एमसिसि सम्झौता पास गर्ने तयारीमा हुदा देशमा परिणाम कस्तो आउला ! अर्को मजाको कुरा के छ भने अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने एमसिसि परियोजनाको प्रस्ताव सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त प्रस्ताव पेश गरेका थिए । त्यही समयमा सत्तामा रहेका गठबन्धनका भातृ संगठनहरुले काठमाडौ उपत्यकामा ठुलो विरोध ¥याली प्रदर्शन गरिरहेका थिए ।

यी घटनाहरु हेर्दा देशमा यस्तै परिणाम आउला भनेर आकलन गर्न नसकिए पनि देश अर्को एउटा द्धान्द्धमा फस्ने सम्भावना देखिन्छ । नेपालमा अस्थिरता निम्त्याएर स्वार्थ लुट्न चाहाने मुलुकहरुको लागि मैदान हाम्रै देशका पार्टीका नेताहरुले बनाइदिएका छन् ।
त्यो आजको भोलि यो बनेको होइन नेपालका राजनीतिक पार्टीहरुको इतिहाँस राम्रोसँग अध्ययन ग¥यौ भने प्रष्ट हुन्छ नेपालका लागि भारतमा स्थापना भएका पार्टीहरुले वाहेक ७२ बर्षसम्म अन्य पार्टीहरुले सरकारमा त के एउटा संगठन सम्म काही बनाउन नसक्ने सिन्डिकेट लागु गरेर काँग्रेस,एमाले, पछि थपिएको माओवादीहरुले बर्चश्व जमाउदै योजनाबद्ध नेपाललाई नोक्सान पु¥याउन गरेको खेल अहिले एमसिसि सम्म आइपुगेको छ । भोलि वा पर्सी संसदवाट पास भइसकेपछि अर्को हप्ता अमेरिकन सेना आएमा कुनै दुखः मनाउ गर्न पाइने छैन । त्यसैको लागि ल्याईएको प्रजातन्त्र र लोकतन्त्र , गणतन्त्र रहेछ । नभए एउटा सिओ समेत बनाउन नसक्ने देश नेपालमा युद्ध गर्न एके फोटिसेभेन, स्याटेलाइट फोनहरु युद्धका वेला काहावाट कसरी सम्भव भएको थियो भन्ने कुरा यिनै घटनाहरुले पुष्टि गदै लगेको देखिन्छ ।
यतिवेला सुतेका जनताहरु उठ्नुपर्ने वेला भएको हो की ? अवको तागत जनताको एकतामा मात्र भर परिरहेको छ । संसदहरु त खै कै खै के भन्ने खालका मात्र भेटिएका छन् । ति संसदहरुवाट देशले आशा गर्न छोडेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend