logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा


  • जन आकाश
  • सोमबार, फाल्गुन १६ २०७८

 



 

काठमाडौं । द प्रोडक्सन नेपालले ‘शिव ताण्डव’ नेपाली संस्करण बोलको धार्मिक (भजन) सार्वजनिक गरेका छ । महाशिवरात्रि नजिकैदै गर्दा महाशिवरात्रिलाई लक्षित गरी “शिव ताण्डव’ धार्मिक गीत सार्वजनिक गरीएको हो ।

महाशिवरात्रिलाई धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर हर्षोल्लासका साथ महाशिवरात्रि मनाइन्छ। ‘शिवको महान रात‘ हो महाशिवरात्रि, महाशिवरात्रिको अवसरमा मानिसमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् भन्ने सन्देश सहित धार्मिक (भजन) शिव ताण्डव सार्वजनिक भएको प्रडक्शन हाउसले जनाएके हो । उक्त भजनमा स्वर र कम्पोज शशिविक्रम थापाको रहेको छ भने शिवको भूमिका बेन बस्नेतले गरेका छन ,मिक्सिङ कृष्ण पुन र विजय बुढामगर को रहेको छ । स्टुडियो संगीत बैंक रहेको छ । ग्राफिक सपोर्ट किशन तामाङले गरेका छन् शक्तिशाली शिव ताण्डव’ बम भोलेमा हिन्दू परम्पराको मन्त्रलाई पनि गीतमा प्रयोग गरिएको छ।

संस्कृति मन्त्रलाई समावेश गरि बम भोले शिव ताण्डव गीत तयार पारिएको छ। शिव ताण्डव गीतको परिकल्पना पुष्कर नन्दन अधिकारी,दिदिप्या रिमाल,रुपक पौडयाल को रहेको छ । शिव ताण्डवमा जेबी विष्ट र सिद्धार्थ रिमाल साथमा (एभरेष्ट एड) ईभेन्ट म्यानेजमेन्टले तयार पारिएको हो ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend