जन आकाश
काठमाडौ । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउदो चैत्र १७ देखि २१ गनेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा उपस्थिति सहित हुने भएको आयोजकले जनाएको छ ।
यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको कुरा यहि १६ गते सोमबार एक पत्रकार सम्मेलन गरि जानकारी आयोजकले जानकारी दिएको हो ।
गतबर्ष चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भच्र्युअल रुपमा गरिएको थियो । यस बर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भच्युअल गर्ने तयारी गरिएका ेतर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदापनि भौतिक रुपमा गर्न गईरहेको कुरा पनि पत्रकार सम्मेलनमा फेष्टिभल अध्क्ष केपी पाठकले जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले राज्यले गर्नुपर्ने चलचित्र सम्बन्धि यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैमा ठुलो कुरा हो भन्दै बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको कुरा उल्लेख गरेका छन् ।
त्यस्तै महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले पत्रकार सम्मेलनमा निफ जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपुर्ण भुमिका निर्वाह गर्दछन् भन्दै यस महोत्सवमा प्रर्दशन हुने विश्वभरिका उत्कृष्ठ चलचित्र हेरेर हामी चलचित्रकर्मी मात्र हैन आम चलचित्रप्रेमी दर्शकहरुले पनि धेरै कुरा प्राप्त गर्न सक्ने बताए ।
त्यस्तै बरिष्ठ चलचित्र निर्देशक तथा चौथो निफका जुरी हेड तुलसी घिमिरेले अन्तर्राष्ट्रिय महोत्सव गर्नु आफैमा चुनौती हो भन्दै यस्ता महोत्सवलाई निरन्तरता गर्न सबै पक्षको सहयोग आवश्यक रहेको छ । भनि बोलेको थिए ।
पत्रकारहरुले सोधेको उत्तर दिदै निफ अध्यक्ष केपी पाठकले महोत्सव गर्नु आर्थिक रुपमा निक्कै जटिल रहेको उल्लेख गर्दै विश्वसामु नेपाली चलचित्रको विकास प्रवद्र्धन गर्दै नेपाली पर्यटन लगायतका विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने भएको हुँदा राज्य र नेपालका कर्पोरेट हाउसहरुलाई सहयोगको लागि आग्रह गरेका थिए ।
महोत्सवमा ३८ देशका ८९ चलचित्रहरु विच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । यस पटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।
निफ–२०२२ पनि अघिल्ला संस्करणहरु झै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक शसक्त फिल्म उत्सव बन्नेमा हामी विश्वस्त छौं । त्यसका साथै महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत सञ्चालन हुने कुरा पनि पत्रकार सम्मेलनमा जानकरी दिइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend