जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०७८ फागुन २१ गते शनिबार नारी दिवस र फागुको अवसरमा तेईसौं अनलाइन कार्यक्रम सम्पन्न गरेको छ । फागु र नारीहरूमा समर्पित सुसेली गायन र वाचनको कार्यक्रम, सुसेली मञ्चका संस्थापक अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा भएको थियो ।
कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा सुसेली मञ्च नेपलकी केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो ।
फागु तथा नारी दिवस विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक उन्नाइस जना उत्कृष्ट सुसेली सर्जक कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, काँठे भाका, भजन र लोकभाका लगायत फरकफरक लयमा फागु तथा नारीहरूको सम्मानमा शुभकामना सहित सुसेली गायन र वाचन गर्दै आ–आफ्ना सुसेलीहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले नारी पुरुष एक अर्काका पुरक भएको हुँदा समान छन र समान हुनुपर्छ । यसको अर्को विकल्प छैन भन्नुहुँदै, फागुमा विकृति बढेको छ यसलाई सदुपयोग गरेर राम्रो पर्वको रुपमा अगाडि बढाउनुपर्ने कुरा राख्दै आफूले नारीको सम्मानमा रचना गर्नुभएका १० वटा सुसेलीहरू लयमा गाएर सुनाउनु भएको थियो ।
यसैगरी अर्का विशिष्ट अतिथि तिलकप्रसाद लुइँटेलले नारी पुरुषमा सहयोगी भावना हुनु पर्दछ । नारी पुरुषका प्रेमका अनुपम उदाहरणहरू हाम्रै संस्कृति र सभ्यतामा रहेका छन । हामीले विदेशीको भ्यालेण्टाइन डे लाई बढावा दिएर आफ्नै शिव पार्वतीको प्रेम उदाहरणलाई बिर्सेका छौँ । के हाम्रो महाशिवरात्री प्रेमको प्रतीक हुन सक्दैन र भन्ने प्रश्न गर्दै सावित्री सत्यवानको कथा प्रसंग समेत जोडेर हाम्रो मौलिकता र पौराणिकतालाई सम्मान गर्न सिक्नुपर्ने कुरामा जोड दिनुभयो ।
उक्त दुईजना विशिष्ट कविहरू कलानिधि दाहाल र वेद ज्ञाता तिलकप्रसाद लुइँटेल सहित १९ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै सुन्दर लोकलयका सुसेलीहरू सुन्ने र सुनाउने अवसर पाएकोमा अत्यन्तै हर्ष लागेको र धेरै संख्यामा कविहरूको उपस्थिति हुँदा पनि कार्यक्रम भव्य र सभ्य हुँनुका साथै कविहरूले आफ्ना उत्कृष्ट सुसेली सिर्जनाहरू सहज तवरमा सुनाउने अवसर पाउँनु भएको थियो र फागु र नारीहरू प्रति समर्पित सुसेली गायन अत्यन्तै मन छुने हुनुका साथै उत्कृष्ट सुसेलीहरू प्रस्तुत गर्नुहुने सबै कविहरू प्रति आभार व्यक्त गर्दै सभापति भमरकोटेले कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद सहितसहित कार्यक्रम समापन गर्नुभएको थियो ।
सधैंका झै सुसेलीको चौथो वार्षिकोत्सब २०७९ बैशाख १७ गते शनिबार मातातिर्थ औसीका दिन सुसेलीका पुस्तक विमोचन, पुरस्कार वितरण, सुसेली गायन गरेर सम्पन्न गर्ने योजना रहेकोमा सबैको सहभागीताको अपेक्षा सहितको सुचना पनि उक्त जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार समेत रहनु भएका वेद ज्ञाता गुरु तिलकप्रसाद लुइँटेलको स्वास्थ्यमा दुई महिना देखि समस्य झेलिरहनु भएकोमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको थियो । अहिले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएका कारण कार्यक्रममा सहभागी हुन सक्नुभएकोमा विशेष धन्यवाद ज्ञापन गरिएको थियोे ।
कार्यक्रममा सुसेली वाचन गायनमा सरिक सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सुरेशचन्द्र घिमिरे, उर्मिला पन्त, घनश्याम पौडेल, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, हरि शर्मा पंगेनी, पवनकुमार बुढाथोकी, वासुदेव ठकुरी, द्वारिका कुइकेल, अम्बिका अधिकारी, उत्तम विचार भेटुवाल, सुमित्रा श्रेष्ठ, कृष्ण केसी, सुशील आचार्य र चन्द्रा न्यौपाने ।
दुर्गा अधिकारी भमरकोटे लगायत रहनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend