logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जिल्ला अस्पताल रामेछापमा ४ दिने निशुल्क स्वास्थ्य शिविर सोमवारवाट


  • जन आकाश
  • सोमबार, फाल्गुन २३ २०७८

 



रामेछाप । रामेछाप जिल्लाको जिल्ला अस्पताल रामेछापमा आजदेखी निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछाप नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । सोमवार शिविरमा ३५८ जनाले सेवा लिएका छन । दन्त परीक्षण तथा उपचारमा २३० जना र हार्डजोर्नीमा १२८ जनाले सेवा लिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले जानकारी दिएका छन् ।

४ दिनसम्म सन्चालन हुने शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन । शिविरमा निशुल्क दाँत भर्ने,निशुल्क दाँत फुकाल्ने,दाँत तथा मुख सम्बन्धी सम्पुर्ण समस्याहरुको चेकजाँच तथा उपचार,दुखाई निवारण विशेषज्ञद्धारा कुम,कम्मर र घुँडाको जोर्नीका समस्याका कारण हुने दीर्घकालिन दुखाईको अत्याधुनिक तरिकाले उपचार गरिने नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँका अध्यक्ष मेन्दो तामाङले बताएका छन् । शिविर जिल्ला अस्पताल प्राङगणमा बिहान ९ बजेदेखी दिनको ५ बजेसम्म सन्चालन भैरहेको छ ।

जिल्ला अस्पतालमा निक्कै भिड भएको हुनाले ४ दिनमा धेरै मानिसहरुले सेवा लिन सक्ने नप अस डेन्टलका अध्यक्षले बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend