जन आकाश
रामेछाप । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछापको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालनको आज तस्रो दिन पनि चलिरहेको छ ।
सोमवारवाट शुरु भएको शिविरमा ४५० जनाले सेवा लिइसकेका छन । दन्त परीक्षण र हाडजोर्नी तर्फका विरामीहरुलाई निशुल्क सेवा दिएको छ । सोमावार र मंगलवार गरी दन्तका ४०० विरामीले र हाडजोर्नी तर्फका १५० विरामीले सेवा लिइसकेका छन भनि त्यस शिविरमा सहभागी भइ आएका सुजन पाण्डेले जानकारी दिएका हुन् ।
सुजन पाण्डेका अनुसार भोलि अर्थात विहिवारसम्म ८०० विरामीलाई सेवा दिन सक्ने अनुमान रहेको तर विरामीको चाप बढिरहेको हुनाले शो संख्या बढ्न पनि सक्ने वताएका छन् ।

४ दिनसम्म सन्चालन हुने शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन । शिविरमा निशुल्क दाँत भर्ने,निशुल्क दाँत फुकाल्ने,दाँत तथा मुख सम्बन्धी सम्पुर्ण समस्याहरुको चेकजाँच तथा उपचार,दुखाई निवारण विशेषज्ञद्धारा कुम,कम्मर र घुँडाको जोर्नीका समस्याका कारण हुने दीर्घकालिन दुखाईको अत्याधुनिक तरिकाले उपचार भइरहेको छ ।
बिहान ९ बजेदेखि वेलुका ४ बजेसम्म सेवा लिन सकिने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend