जन आकाश
रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको दोरम्बा शैलुङ गाउँपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ फागुन २५ गतेदेखी सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोत्तानले प्रतियोगिताको उद्धघाटन गरी खेलहरु शुरु भएका थिए ।
प्रतियोगिताको उद्धघाटन गर्दै मोत्तानले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताएका थिए ।
प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका रहेको बताएका थिए ।
प्रतियोगितामा गाउँपालिकाका ९ वटा माध्यामिक बिद्यालयहरुले सहभागीता जनाएका छन । २ दिनसम्म चल्ने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend