logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामाजिक सुरक्षाकोष मार्फत हुने सम्पुर्ण उपचार पुरानो मेडिकल कलेजमा


  • जन आकाश
  • शुक्रबार, चैत्र ४ २०७८

 



 

चितवन । सामाजिक सुरक्षाकोषमा आबद्ध योगदानकर्ताहरुको निःशुल्क उपचार कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट हुने भएको छ । कोष र कलेजल ेयस सम्बन्धी सम्झौता गरेका हुन् । यसभन्दा पहिले औषधि उपचार बापतको खर्च रकम अस्पताललाई भुक्तानी गरे पश्चात योगदानकर्ता आफैले सामाजिक सुरक्षा कोषमा सोध भर्ना दाबी गर्नेझन्झटिलो प्रकृया रहेकोमा अब उप्रान्त योगदानकर्ताले सिधै पुरानो मेडिकल कलेजमा कोषले उपलब्ध गराएको कार्ड देखाएर निःशुल्क उपचार सेवा लिन सक्ने र दाबी भुक्तानी कोषले अस्पताललाई सिधै दिर्नेनयाँ व्यवस्था गरिएको हो ।

सामाजिक सुरक्षा कोषका सूचना अधिकारी डारोशन कोजुले पुरानो मेडिकल कलेजसँग सम्झौता भएको बताउँदै उक्त अस्पतालबाट सेवा लिंदा योगदानकर्ताहरुलाई सहज हुने जानकारी दिनुभयो े। उहाँले भन्नुभयो “पुरानो मेडिकल कलेजमा उपचार गर्नुभयो भने सामाजिक सुरक्षा कोषमार्फत भुक्तानी सहज हुन्छ ।”

सामाजिक सुरक्षा कोषले प्रदान गर्ने औषधी उपचार अन्तर्गत एक आर्थिक वर्षमा ओपिडि मा रु. २५ हजारसम्मर भर्ना भएको बिरामिका ेहकमा रु. एकलाख सम्म पाईने व्यवस्था छ । औषधि उपचार सेवा लिने बिरामीले २० प्रतिशत रकम भने आफैले व्यहोर्नु पर्न ेछ । बाँकी ८० प्रतिशत रकम कोषले सिधैं अस्पताललाई भुक्तानी गर्ने छ ।

दुर्घटनाका बिरामीको हकमा भने रु. ७ लाखसम्मको उपचार खर्च कोषल ेव्यहोर्ने छ । यस्तै योगदानकर्ताका ेश्रीमती गर्भवती हुँदा, गर्भवती अगाडिका ेपरीक्षण र जन्मिएको शिशुको उपचार समेत कोषमाफर्त हुने व्यवस्था रहेको छ ।

निजी क्षेत्रको नेपालकै सबैभन्दा पुरानो यस शिक्षण अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, क्षयरोग सम्बन्धी डट्स कार्यक्रम, भूतपूर्व नेपाली भारतीय सेनाहरुको उपचार सम्बन्धी ईसिएचएस कार्यक्रम, हेमोडायलाइसिस कार्यक्रम, पाठेघरका ेशल्यक्रिया आदि औषधि उपचार कार्यक्रमहरु निःशुल्क रुपमा उपलब्ध रहेका छन् ।

पुरानो मेडिकल कलेजमा कोषमा आवद्ध योगदानकर्ताहरुउपचारका लागि आउँदा कुनै समस्या भएमा अस्पतालका ेहटलाइन नम्बर ९८५५०१६१३३ मा सिधै फोनगरी आवश्यक जानकारी लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend