जन आकाश
चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) को अवसर पारेर मितिः२०७८ साल चैत्र ६ गते आईतबार शिविर आयोजना गरिन लागेको मेडिकलले जानकारी दिएको छ ।
उक्त दन्त शिविर अस्पतालको दन्त रोग भवनमा नै हुनेछ । डेण्टल विभागका डा. सफल ढुंगेलका अनुसार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म शिविर संचालन गरिने उहाले जानकारी दिनुभयो ।
शिविरमा ओपिडि टिकट, दाँत निकाल्ने, दाँतको सामान्य भराई, परामर्श निःशुल्क दिईने छ भने अन्य सेवाहरुमा १० प्रतिशतको छुटको व्यवस्था रहेको डा. ढुंगेलले जानकारी दिनुभयो।
अस्पतालले विभिन्न अवसरमा अस्पताल तथा समुदायमा पुगेर शिविरहरु संचालन गर्दै आएको छ । दिवसको अवसरमा आईतबार बिहान जनचेतना मूलक ¥याली समेत आयोजना गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend