logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको बैठक सम्पन्न


  • जन आकाश
  • बुधबार, चैत्र ९ २०७८

काठमाडौ । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको यहि मिति २०७८ /१२ /०८ गते विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल “जिज्ञासुको” अध्यक्षमा विनेसाम नेपाल शाखाको भर्चुल माध्यम बाट बैठक सम्पन्न भएको छ। बैठकमा विश्व नेपाली साहित्य महासंघ नेपाल अन्तर्राष्ट्रिय प्रतिनिधि र नेपाल शाखाका पदाधिकारीहरुको उपस्थितमा भएको हो।



उपस्थित हुनेहरूमा
१.सल्लाहकार . ऋषिराम सापकोटा
२.सल्लाहकार .  सुनिता राई कन्दड्वा
३.सल्लाहकार :- सागर श्रेष्ठ
४.अध्यक्ष :- कल्पना पौडेल” जिज्ञासु”
५.वरिष्ठ उपाध्यक्ष . – केवि पौडेल
६.उपाध्यक्ष – केसु पोख्रेल
७.महासचिव . – अम्बिका याम्फु”अनमोल”
८.सचिव . – संजाल शर्मा
९.सदस्य – कल्पना चाम्लिग
१०.सदस्य – मोहन कार्की
११ :– विमला अधिकारी देवकोटा लगायत रहेका थिए।

सोही अवसरमा प्रस्तावहरू राखी पास समेत गरिएको थियो।
प्रस्तावहरु निम्न रहेका छन् ।
१)विनेसाम नेपाल शाखाको कार्य समीक्षा सम्बन्धमा।
२)पुस्तक विमोचन सम्बन्धमा।
३)नयाँ कार्य समिति गठन सम्बन्धमा।

माथी उल्लेखित विशेषमा छलफल गरि  निम्न निर्णयहरु पनि गरेको छ।

विनेसाम नेपाल शाखाको यो समिति गठन भए पस्चात कोरोना महामारीबाट सबै क्षेत्र प्रभावित भयो जसको कारण हाम्रा कार्यक्रमहरू अपेक्षितरूपमा अगाडी बढाउन नसकेतापनि निम्न महत्वपूर्ण कार्यहरू भएका छन् भनी प्रगतिलाई उल्लेख गरिएको छ।

मिति २०७६ साउन ३२ गतेका दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको तेस्रो कार्य समिति पुर्नगठन कार्यक्रम विश्व नेपाली साहित्य महासंघका महासचिव
केदर संकेतको प्रमुख आतित्यमा नयॅा कार्य समिती गठन गरिएको  ।

मिति २०७६ कार्तिक ५ गते काव्य विमर्श तथा कवि गोष्ठी कार्यक्रम विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रय समितिको आयोजा तथा नेपाल शाखाको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा गरेको ।

मिति २०७६ माघ २६ गतेका दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको तेस्रो भेला पट्टीको पहिलो बैंठक विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रका उपाध्यक्ष डा. लेखनाथ काफ्ले  ताइवानबाट नेपाल आउनु भएको अवसरमा भेटघाट कार्यक्रम भएको उक्त दिन सम्पूर्ण सर्जकहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको  ।

मिति २०७७ असार २९ गते
विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाले अनलाईन मार्फत भानु जयन्ती मनाएको  । विनसा महासंघ विश्व केन्दिय समितिका अर्थसचिव  खगेन्द्र अधिकारी ‘अमृत” को विशेष उपस्तिथिमा सम्पन्न भएको  । सस्थाको सदस्यहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको  ।

मिति २०७७ साल श्रावण १७ गते विश्व साहित्य महासंघ नेपाल शाखाको दोस्रो बैठक सम्पन्न भएको थियो उक्त बैठकमा संयूक्त साहित्य संग्रह पुस्तक निकाल्ने निर्णय गरिएको  ।

त्यसै गरी २०८औं भानुजयन्ती,मोती जयन्ती तथा लुम्बिनी प्रदेश नयॅा समिति घोषणा जुम अनलाईन मार्फत सभ्य र भब्यताका साथ सम्पन्न भएको  ।

महामारी कोभिड १९ सरुवा रोगको केही न्यूनिकरण हुदै गएको कारण महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११३ औं जन्म जयन्ती भौतिक रुपमा उपस्थित भएर कार्यक्रम सम्पन्न भएको ।

त्यस्तै गरी विनेसाम नेपाल शाखा र विनेसाम लुम्बिनी शाखाको सहआयोजनामा २०७८ मंसिर ५ गते यस शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु” को मुक्तक संग्रह “विद्रोहका तरंगको समीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम कल्पना पौडेल “जिज्ञासु”का अध्यक्षतामा भब्यताका साथ सम्पन्न गरिएको ।

बिगतका प्रगतिको रिपोर्टिङ गर्दै  विनेसाम नेपाल शाखाबाट प्रकाशित कृति “साहित्य एक विधाअनेक” र विनेसाम केन्द्रीय महासचिव सुनिताजी को नयाँ कृति “तिउरी” को लोकार्पण २०७९/०१/०३ गते काठमाडौंमा सबै जनाको भौतिक उपस्थितिमा गर्ने निर्णय पारित गरिएको छ।

नया कार्यसमितीको टुङो भने बैठकले लगाउन सकेको छैन ।अरु सघ/ सस्था जस्तो नेतृत्वको होडबाजी नभएर उस्लेपो नेतृत्व लिन्छ कि भनेर सवै पछि पछि हटन खोज्दा कार्य समितिको टुङगो लाग्न सकेको थियन ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend