जन आकाश
बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा बीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । भविष्यमा जत्तिबेला, जुनसुकै समयमा पनि जोखिम हुन सक्छ । जीवन बीमाका माध्यमबाट भविष्यमा पर्न सक्ने भवितव्य जोखिम कम गर्न सकिन्छ । बीमा प्रक्रियामा बीमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई बीमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा बीमित र बीमकाबीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।
बीमा ऐन २०४९अनुसार “जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा नीजको आयुको आधारमा किस्ताबन्दीमा बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी व्यवसाय सम्झनु पर्दछ । ”
मानवीय जीवनमा जीवन बीमाको अत्यन्त जरुरी रहेको हुन्छ । वित्तीय योजना तर्जुमाका लागि, आफ्ना बालबच्चाको भविष्यको लागि, आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्ने गर्दछ ।
भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य छ । आज तपाई हामीले गरेको बीमाले भोली तपाई हाम्रो परिवार सुखमय रहन मद्दत पुग्दछ ।
१ आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ, त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ ।
२ व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।
३ भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा धेरै माथि हुन्छ । भविष्यका योजनाहरु हामीसँग धेरै हुन्छन् । सोही अनुसार हामी दैनिकि चलाईरहेका हुन्छौँ । काम गरिरहेका हुन्छौँ । कुनै पनि व्यक्तिले देखेका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
दिपक बराल लेखक ( जीवन वीमाका परामर्श तथा बजार प्रतिनिध हुन् । कुनै पनि वीमा कम्पनीमा वीमा गर्नुपरेमा वा परापर्शको लागि उहाको फोनः नम्वर ९८४१५८४२१९ मा सम्पर्क गर्न सक्नु्हुने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend