जन आकाश
काठमाडौ । नेपालमा के हुदैन । जे पनि हुन्छ । जसो गरेपनि चल्छ । त्यतिकै भनिएको होइन । अहिले त्यस्तै भएको छ । भौतिक पुर्वधार तथा यातायात मन्त्रालय अन्र्तगतको यातायात व्यवस्था विभाग अन्र्तगतका कार्यलयहरुमा बर्षो देखि चालक अनुमति पत्रको लागि लाईन बसेका सेवाग्रहीहरुले वल्ल वल्ल ४÷५ बर्ष लगायर लाइसन्सको ट्रायल सम्म दिन पाए तर लाईसन्सको प्रीन्टको लगि बर्ष कुर्नुपर्ने अवस्था छदैछ ।
अर्को नेपालका नागरिकले प्राप्त गर्नुपर्ने सुविधा सम्बन्धित निकाय नै हुन् । कतिपय सवारी चालक अनुमति पत्रको लाइनमा बसेकाहरुले गएको १ महिना अगाडी यातायात व्यवस्था बिभागको सरवरमा आएको समस्याका कारण कागजमा कसैको नागरिता नम्बर मिस्टेक कतिको नाम मिष्टेक जस्ता समस्या त्यही सरवारको कारण भएको थियो । त्यो कारण हैरानी भने सेवाग्रहीले व्यहोर्नु परेको छ । चालक अनुमति पत्र प्रप्त गर्न त्यही नागरिता वा नाम मिस्टेक भएपछि नसच्यार लिउ अवैध हुने सच्याउन जादा सच्याइदिने ठाउ यातायात व्यवस्था विभागले दुइ तीन महिना लाग्छ भन्छ । यो तरिकाले कतिपय सेवाग््रहीहरुले यातायात व्यवस्था विभागकै कारण गलत नागरिता नम्वर भएको लाइसेन्स बोकेर हिड्नु पर्ने वाध्यता रहेको बताएका छन् ।
विभिन्न यातायात कार्यलयमा राजश्व बुझाएका सेवाग्रहीको चालक अनुमति ट्रायलको पालो आइसकेर नाम वा नागरिता नम्वर सच्याउन जादा सिस्टम चलेन भनेर फकाउने अनि गलत लाइसेन्स बोकेर नागरिकलाई हिड्यो भनेर कारवाही गर्न मिल्छकी मिल्दैन ? सम्बन्धित मन्त्रालयलाई सोध्ने वेला भएको छ ।
विभागका महार्निदेशक नमराज धिमिरेलाई यस विषयमा जानकारी लिदा उहाले नयाँ प्रविधि आउन लागेको छ । अझै नाम र नागरिता नम्बर सच्याउनका लागि सेवा ग्रहीले २÷३ महिना कुर्नुपर्ने बताउछन् । उनलाई सेवाग्रहीलाई मर्का पदैन यसो गर्दा भनेर प्रश्न गर्दा ऐन कानुन कागज हामीले हेर्ने हो । अरु हामी जान्दैनौ भन्दै पन्सियका थिए । देशभरीका सेवाग्रहीले आफुले पाउनुपर्ने मौलिक हक यसरी बन्देज गरेर राख्नु कतिको जायज हो ।
भौतिक तथा यातायात मन्त्रालयमा यस बिषयमा जानकारी लिदा ०१४२११६७० मा फोन गर्नुस भने त्यो नम्बरमा फोन गर्दा ४२११९३० मा सम्पर्क गर्नुस त्यो नम्बरमा गर्दा हामीले केही बोल्न मिल्दैन । भने नयाँ मन्त्री आउने वित्तिक्कै नयाँ हाकिम आउनु भएको छ । उहाको नम्वर हामीसँग हुदैन भन्दै फोन उठाउनेहरु तर्किए । भौतिक तथा यातायात मन्त्रालयका सचीवालयलाई जानकारी लिन खोज्दा उनी पनि मिटिङमा रहेको जानकारी दिए र सूचना अधिकारीको नम्वर उपलब्ध गराए । सूचना अधिकारीले विदेशी पाउनाहरुसँग मिटिङगमा छु भने । जनताको सेवाको लागि बनएका यस्ता निकायहरु लाखौ लाख जनतालाई तनावमा पिल्सायर बिदेशीसँग के कुरा गदै होलान् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend