logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील लेखक संघको बह्रौ अधिवेशनको उद्घाटन


  • जन आकाश
  • शुक्रबार, चैत्र २५ २०७८

 



काठमाडौ । प्रगतिशील लेखक संघको बाह्रौ राष्ट्रिय सम्मेलन आज कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा उद्घाटन भएको छ । यस सस्थाका सस्थापक अध्यक्ष समेत रहनु भएका रघुजी पन्तले सम्पुर्ण प्रगतिशील लेखकहरु एक हौ भन्ने व्यानर पढेर उदघाटन गर्नुभएको हो ।

कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा. जिवेन्द्रदेव गिरीले गर्नुभएको थियो । भने बिशिष्ट अतिथिहरु, वरिष्ठ साहित्यकार तथा पत्राकार भोला रिजाल, प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रती, वरिष्ठ लेखक तथा बाम आन्दोलनका नेता मोदनाथ प्रश्रित, लेखक तथा साइत्कारहरु नारायणभक्त श्रेष्ठ, के के कर्माचार्य,निमु चापागाई, अमर गिरी, मातृका पोखे्रल, बिमल निभा, हरिहर खनाल, खगेन्द्र राई, प्रेमनाथ अधिकारी, राम प्रकाश पुरी, गोपाल वराल, जगतराज शर्मा लगायत र अतिथिहरुमा सालिकराम डा. सालिकराम तिमल्सिेना,योगेन्द्र प्रसाद प्रधान, सरिता ढकाल, घनाश्याम प्रसाद पौडेल लगायतको उपस्थितिमा र देशका जिल्ला जिल्लावाट, प्रदेशहरुवाट आएका साईत्यकार, गीतकार, लेखक, लगायतको सयौको संख्यको उपस्थितिमा कार्यक्रम उदघाटन भएको थियो ।

कार्यक्रमको शुरुवातमा गोपीरमण उपाध्यायले स्वागत मन्तव्य राख्नु भएको थियो उहाले भव्य सफताको कामना गदै नयाँ आउने कार्य समितिलाई शुभकामना व्याक्त गर्नुभएको थियो ।

कार्यक्रममा आमन्त्रित पाहुनाहरुलाई केन्द्रीय सदस्य झगिन्द्रराज ढकालले धन्यवाद दिनुभएको थियो ।कार्यक्रमा राष्ट्रलाई योगदान पु¥याएका ६ जना साईत्कारहरुलाई सम्मान गरिएकोे थियो । कार्यक्रमलाई उत्कृष्ट तरिकावाट प्रलेसका महासचीवले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको उदघाटन सत्रको समापनमा बोल्दै प्रलेसका अध्यक्ष प्रा.डा.जिवेन्द्रदेव गिरीले बिभिन्न अफ्ठ्यारोका वीचपनि कार्यकाल सफल रहेको भन्दै संघलाई एकतावद्ध बनार लैजान सवैलाई आवहान पनि गर्नुभएको थियो ।

आज उदघाटन शत्रको समापन सँगै बन्द शत्र शुरु भएको छ । भोलि अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend