जन आकाश
काठमाडौ । चलचित्रमा अभिव्यक्ति स्वतन्त्रताको बिषयमा चलचित्रकर्मी र पत्रकारहरु विच छलफल भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्रमहोत्सवको पाँचौ संस्करणको चौथो दिन गणतान्त्रिक संविधानले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको समयमा पनि चलचित्रलाई सेन्सर गर्नु संविधानको भावना विपरित भएको निष्कर्ष उक्त छलफलबाट निकालिएको जानकारी दिइएको छ ।
किताब छाप्दा, गीत लेख्दा, पत्रकारिताको सामाग्रीहरु माथि सेन्सर नहुने तर चलचत्रिको कथा र शिर्षक माथि नै सेन्सर हुनु असाध्यै निरकुश अवधारण भएको भन्दै बरिष्ठ पत्रकार बनिर्मला शर्माले चलचित्रको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको छ ।
अभिव्यक्तिको सबैभन्दा प्रभावकारी माध्यम भनेकोमेरा सबै पात्रहरु न्यूड छन् र जस्तो पनि भाषा बोल्छन् भने पनि मैले चलचित्र बनाउन पाउनु पर्छ भन्ने दाबी गर्दै चलचित्रकर्मी गणेशदेव पाण्डेले आफ्नो चलचित्र गाँजाबाजाको नाम नदिएर परिवर्तन गरिएको बताए । सेन्सर कथाको छनौटबाट नै सेन्सर गरिने तथा निर्माण भैसके पछि पनि डरको कारणले अंकुश लगाएको हो भन्दै निर्देशक पाण्डे भन्छन् – म न्यूडिटि माथि चलचित्र बनाउन तयारी गर्दैछु यदि राज्यले रोक्न सक्छ भने रोकोस् ।
त्यस्तै पत्रकार तथा चलचित्रकर्मी अरुणदेव जोशीले चलचित्र देखि शासकहरु डराउँने कुरा बताउँदै आफ्नो विरुद्ध चलचित्रको प्रयोग नहोस् भनेर सेन्सरको व्यवस्था गरिएको भन्दै आफ्नो मत राखे । चलचित्रकर्मीहरु जिम्मेवार हुदै सेल्फ सेन्सर गर्न पर्छ भन्दै पत्रकार शर्माले त्यसपछि भने सेन्सरको आवश्यक नै पर्दैन भन्ने विचार राखिन् ।
शासक नै निरंकुशभएको कारण असाध्यै अन्याय र अत्याचारहरु समाजमाव्याप्त छ भन्दै चलचित्रकर्मी जोशीलेत्यसकारणयथार्थपरक चलचित्रमाबढि सेन्सर भएको पाइन्छ । त्यसैले सेन्सर शासक सुरक्षाकवचको रुपमाप्रयोग भईरहेको बताए ।
नयाँ मान्छेलाई निर्देशन बन्न नपाउने प्रावधान गलत भएको भन्दै पत्रकार शर्माले तर चलचत्रि जस्तो प्रभावकारी माध्यमको क्याप्टेन निर्देशक अनुभवी हुन आवश्यक भएको बताईन ।
चलचित्रलाई कलाको रुपमा हेर्नुपर्छ भन्दै इतिहासलाई हेर्ने आ–आफ्नो दृष्णिकोट हुन सक्छ । जसले जेपनि गर्न पाइदैन भन्दै पत्रकार शर्मा चलचित्र नागरिक कै बनाउने भएको हुनाले समाजप्रति जिम्मेवार हुनुपर्ने कुरा छलफलको क्रममा बताइन् । अभिव्यक्ति स्वतन्त्रताको उपयोग सबैले गर्न पाउनु पर्ने भन्दै राज्यले चलचित्र माथि सेन्सर गर्ने प्रक्रियालाई बन्द गरोस् भन्ने निष्र्कष छलफलबाट निकालिएको जानकारी दिइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend