logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुजन चापागाईको गीतमा विपिन कार्कीको दमदार अभिनय


  • जन आकाश
  • सोमबार, चैत्र २८ २०७८

 



काठमाडौ । शनिबार गायक सुजन चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिकल फिल्म घुमी घुमीुका शब्द हुन् यी । तीनपातेबाट चिनिएका गायक सुजनका पछिल्ला गीत कर्णप्रीय छन् । यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत घुमी घुमीु युट्युवमा लोकप्रिय बन्दै गइरहेको छ । सुजन र गायिका शान्ति परियारको युगल आवाजमा गाइएको हो ।

 

शब्द गीतकार हर्क साउदका हुन् । १७ मिनेट २८ सेकेण्डको म्युजिकल फिल्मलाई निर्देशन गरेका छन्, नवीन चौहानले । कथा पनि उनै चौहानको हो । भिडियोमा अभिनेता विपिन कार्की र अन्जना बराइलिको अभिनय रहेको छ । निर्देशक चौहानसँग विपिनको यो दोस्रो सहकार्य हो । यसअघि चौहानले निर्देशन गरेका गीति भिडियो बटौलीमा विपिनले अभिनय गरेका थिए ।

ुघुमी घुमीले नेपाली समुदायको कथालाई फरक ढंगले प्रस्तुत गरेको छ । बसाइँसराइको आन्तरिक पाटा र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति, लोक विचार, लोक भावनाका कुराहरू म्युजिकल फिल्मले भन्छ । कथालाई बगाउने सुन्दर पाटो भनेको दुई पात्रबीचको प्रेम हो । प्रेमको सौन्दर्यलाई कथाले नजिकबाट नियाल्न प्रेरित गर्छ ।

ुमलाई हाम्रो नेपाली समाजको दुई वटा कुराले बिथोली रहेको थियो । एक( आन्तरिक बसाइँसराइ अनि यसले निम्त्याएका भौतिक, सामाजिक स भावनात्मक पक्ष । अर्कोचाहिँ हाम्रो लोक जीवन कतै अल्मलिए जस्तो, लोक भाषाले आफ्नो पहिचान गुमाउदै गरे जस्तो, चलचित्र, गीतहरुले पराई शैली अगाँली रहे जस्तो अनि लोक बिचार, लोक बुझाई ओझेल पर्दै गए जस्तो । केही खिप्न मन थियो , केही भन्न मन थियो । त्यो बेला म आफैँ आवाजको खोजीमा थिएँ, निर्देशक चौहानले रचना गर्नुको वारे भन्छन्, हर्क दाजु र सुजन भाइले दोस्रो लकडाउनमा यो लोक गीतको पहिलो ड्राफ्ट सुनाउँदा मैले सोही आवाज भेटे झैँ भयो अनि हामी लगायत हाम्रो मन मीत समूह लोक साङिगितिक यात्रा ( घुमी घुमीको यात्रामा निस्कियौ ।

निर्देशक चौहान भन्छन् । म्युजिकल फिल्ममा विपिन र अञ्जनासँगै सम्रान्त थापा र हर्क साउदको पनि अभिनय छ । गीतलाई गंगा थापाले एरेन्ज तथा पार्श्व संगीत गरेका हुन् भने मिक्सिङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन्। भिडियोलाई महेश पौडेलले खिचेका छन् भने सुरज पौडेलले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend